close

रुपन्देहीको सगरमाथा माविले अनलाइनबाटै सार्वजनिक गर्‍यो ९ कक्षासम्मको नतिजा

टेकपाना टेकपाना

बैशाख ७, २०७७ २१:४७

रुपन्देहीको सगरमाथा माविले अनलाइनबाटै सार्वजनिक गर्‍यो ९ कक्षासम्मको नतिजा

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका ७ शितलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यामिक विद्यालयले २०७६ को वार्षिक परीक्षाको नतिजा अनलाइनबाटै सार्वजनिक गरेको छ । विद्यालयले आइतबार प्ले ग्रुप देखि कक्षा नौ सम्मको (कक्षा ८ बाहेक) नतिजा सार्वजनिक गरको हो ।

विद्यालयले आफ्नै मोबाइल एपमार्फत नतिजा सार्वजनिक गरिएको जनाएको छ । सगरमाथा माविले विद्यार्थीको नतिजा, विद्यार्थी भर्ना, शूल्क भुक्तानी लगायतका सम्पूर्ण कार्य गर्न सकिने गरी आफ्नै एप प्रयोग गर्दै आएको छ ।

विद्यालयका लागि आफूहरुले मोबाइल एप तथा सफ्टवेयर सिस्टम उपलब्ध गराइएको ब्राइट अफिस सिस्टम्स प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले बताए ।

कोभिड–१९ को महामारीका कारण लामो समयदेखि मुलुक लकडाउनबाट गुज्रिरहेको छ । विद्यालयहरु समेत बन्द रहेको अवस्थामा आफ्नो वार्षिक परीक्षाको नतिजा हेर्न पाइरहेका छैनन् ।

विद्यार्थी तथा अभिभाकबाट गुनासो आउन थालेपछि मोबाइल एप प्रयोग गरी नतिजा सार्वजनिक गरिएको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले बताए । अनलाइनबाट नतिजा सार्वजनिक भएसँगै विद्यार्थीमा समेत सकारात्मक असर पर्ने विद्यालयको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४