close

लकडाउनका कारण नेटफ्लिक्समा थपिए १ करोड ५७ लाख ग्राहक

टेकपाना टेकपाना

बैशाख ११, २०७७ १४:५१

लकडाउनका कारण नेटफ्लिक्समा थपिए १ करोड ५७ लाख ग्राहक

काठमाडौं । कोरोना भाइरसका कारण विश्वका विभिन्न देशमा लागु गरिएको लकडाउनका कारण भिडियो स्ट्रिमिङ नेटफ्लिक्सका ग्राहक ठुलोमात्रामा बढेको उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमसिकमामात्रै १ करोड ५७ लाख ग्राहक थपिएका छन् । जुन कम्पनीको अपेक्षा भन्दा बाहिरको कुरा रहेको उल्लेख गरिएको छ । जसले गर्दा कम्पनीको आम्दानी समेत पनि बढेको छ ।

यसअघि कम्पनीले यो अवधिमा करिब ७० लाख नयाँ शुल्क तिर्ने ग्राहकहरु हुने अनुमान गरेको थियो । तर, परिणमा भने डबल भएको छ । कम्पनीका अनुसार पहिलो त्रैमासिकमा कुल १ करोड ५७ लाख ७० हजार ग्राहक थपिएका छन् । जुन, अस्वभाविक परिवर्तन हो ।

यो सँगै नेटफ्लिक्सको पेड सब्सक्राईबरको संख्या १८ करोड २९ हजारको हाराहारीमा पुगको छ । भने, उक्त अवधिमा कम्पनीले ५.७७ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३