close

गुराँस लाइफको बीमा शूल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १४:२१

गुराँस लाइफको बीमा शूल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शूल्क ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । ईसेवा एकाउन्ट नभएका ग्राहकले समेत कम्पनीका देशभरका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सुविधा दिन थालेको हो ।

पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा सुरु गरिएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

देशभर ९० हजार भन्दा बढि एजेन्ट रहेको डिजिटल वालेटको रुपमा रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । ईसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको बताइएको छ ।

ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कूल कलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३