close

२६ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी, डार्क वेबबाट बिक्री गरिँदै

टेकपाना टेकपाना

बैशाख १४, २०७७ ११:२

२६ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी, डार्क वेबबाट बिक्री गरिँदै

काठमाडौं। फेसबुकका झन्डै २६ करोड ७० लाख प्रयोगकर्ताको डेटा चोरी भएको छ । ह्याकरले फेसबुकबाट चोरी गरेको प्रयोगकर्ताको महत्वपूर्ण व्यक्तिगत डेटा बिक्रीका लागि डार्क वेबमा राखिएको छ ।

उक्त डेटा डार्क वेबमा केवल पाँच सय ४३ डलरमा बिक्रीका लागि राखिएको उल्लेख गरिएको छ । साइबर सेक्युरिटी फर्महरुका अनुसार फेसबुकका २६ करोड ७० लाख प्रयोगकर्ताको पासवर्ड र युजरनेम बाहेकको सम्पूर्ण जानकारी त्यसमा उपलब्ध छ ।

जसमा व्यक्तिको नाम, थर, ईमले, फोन नम्बर, उमेर लगायतका जानकारी छन् । थर्डपार्टी एपीआई मार्फत डेटा लिक भएको हुन सक्ने अनुमान गरिएको भए पनि हालसम्म उक्त डेटा चोरी कसरी भयो भन्ने विषयमा स्पष्ट भइसकेको छैन ।

डेटामा प्रयोगकर्ताको महत्वपूर्ण जानकारी भएकाले स्क्यामको लागि साइबर आक्रमण गरी डार्क वेबमा राखिएको हुन सक्ने उल्लेख गरिएको छ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३