काठमाडाैं । म्यासेजिङ एप भाइबरले यूएन वूमन नेपालसँग सहकार्य थालेको छ । भाइबर प्लेटफर्मलाई प्रयोग गरी लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई प्रवर्द्धनका लागि सममुदायसत्रमा पुग्न सहकार्य थालिएको हो ।
भाइबरका नेपाल तथा विश्वभर रहेका प्रयोगकर्ताहरुलाई कनेक्ट गराएर लैङ्गिक समतामूलक जानकारीहरु शेयर गर्ने युएन वूमन नेपालको लक्ष्य छ । दुई संस्थाबीचको सहकार्य मार्फत भाइबर कम्युनिटीसँगै स्टिकर समेत सार्वजनिक भएको छ ।
उक्त भाइबर कम्युनिटीले अनलाइन स्पेसको रुपमा विभिन्न महिलाहरुलाई उनीहरुको रुचीको आधारमा एउटै प्लेटफर्ममा ल्याउनेछ । उक्त कम्युनिटी प्लेटफर्ममा तस्विर, इन्फोग्राफिक्स तथा भिडियोजस्ता विभिन्न सामग्रीहरु प्रयोग गरेर शिक्षा तथा जानकारी बाँडिनेछ ।
यूएन वूमन नेपालले लक्षित समूहमा जानकारी प्रसार गर्ने तथा सामाजिक मूल्य मान्यता, असमानता, लैङ्गिक भूमिका तथा सशक्तिकरणको आवश्यकताको बारेमा जनचेतना विस्तार गर्नेछ ।
उक्त भाइबर कम्युनिटीले अडियन्स पोल्स तथा स्टिकर प्याकेज जस्ता फिचरहरुबाट प्रयोगकर्तासँग अन्तरक्रिया गरेर सचेतना फैलाउने अवसर समेत उपलब्ध गराउने छ ।
यून वूमन नेपालकी प्रतिनिधि वेन्नी कुसुमले अन्वेषण र प्रविधिले समुदायमा पुग्न पर्याप्त अवसर दिने बताइन् । इच्छुहरु भाइबर प्रयोगकर्ताले यहाँ क्लिक गरी यूएन वूमन नेपालको कम्युनिटीमा आवद्ध हुन सक्नेछन् । यो समाचार तयार पार्दासम्म कम्युनिटीमा पाँच सयभन्दा बढी भाइबर प्रयोगकर्ता आवद्ध भइसकेका छन् ।
यूएन वूमन संयुक्त राष्ट्रसंघको एउटा विशेष अंग हो ।जसले विश्वमा लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्दै आएको छ । महिला तथा किशोरीहरुको विश्व च्याम्पियन मानिने यो संस्थाको स्थापना सन् २०१० मा भएको थियो ।