close

कोरोनाका बावजूद गूगल सर्च र एप डाउनलोड बढ्यो

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १०:३

कोरोनाका बावजूद गूगल सर्च र एप डाउनलोड बढ्यो

एजेन्सी। गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले २०२० को पहिलो चाैमासिकको परिणाम घोषणा गरेको छ । उक्त परिणाम विश्वभर फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइसबाट प्रभावित छ । अल्फाबेट तथ गूगलका सीईओ सुन्दर पिचाईले लगानीकर्ताहरुसँगको वित्तीय वार्तामा यसलाई ‘टेल अफ टु क्वार्टर’ भनेका छन् ।

लगातार दुई महिनासम्मको उत्कृष्ट प्रदर्शनपछि कम्पनीले मार्चमा ठूलो धक्का बेहोरेको उनको भनाई छ । तर महामारीबीचमा पनि व्यवसायका केही पाटाहरु भने फस्टाइरहेको पिचाईले खुलाएका छन् ।

विशेषगरी गूगल सर्च शिखरमा पुगेर उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गूगलमा सुपर बाउल सर्च गर्नेको संख्याभन्दा अहिले कोरोना भाइरससँग सम्बन्धी जानकारीहरुको चर्स चार गुणाले बढेको छ । युट्युवमा व्यस्त रहने समय पनि पहिलेभन्दा धेरै बढेको पिचाईले बताए 

तर उनले त्यसको तथ्यांक भने प्रस्तुत गरेनन् । उनले लाइभस्ट्रिमिङको क्षेत्र समेत बढिरहेको बताएका छन् । यस्तै एन्ड्रोइड प्रयोगकर्ताहरुले पनि धेरैभन्दा धेरै समय एप्समा खर्चिरहेका छन् । गूगल प्ले स्टोरमा एप्सहरुको डाउनलोडको संख्या गत फेब्रुअरीको तुलनामा मार्चमा ३० प्रतिशतले बढेको छ ।

समग्रमा मासिक २‍.५ अर्ब एक्टिभ गूगल प्ले डिभाइसहरु छन् । तर यो चाैमासिकमा भने गूगलको एक्टिभ डिभाइसमा गरावट देखिएको थियो । यसको कारण भनेको ग्राहको माग घट्नु हो । यस्तै डिभाइसको पाटोमा गूगलको क्रोमबूक सेग्मेन्टले राम्रो प्रदर्शन गरेको छ ।

पिचाईका अनुसार गत वर्षको तुलनामा यस वर्षको मार्च २१ को एक सातामा क्रोम बूकको माग ४०० प्रतिशतले बढेको थियो । यस्तै गूगलका अनुसार १० करोड विद्यार्थी र शैक्षिक संस्थाहरुले क्रोमबूकलाई कक्षाकोठामा प्रयोग गरिरहेका थिए । जुन मार्चको सुरुवातमा दुई गुणाले बढेको छ ।

गूगलको बटम लाइनलाई कोभिड १९ ले प्रभावित पारे पनि कम्पनीको वार्षिक आय भने १३ प्रतिशतले बढेर ४१ अर्ब दुई करोड अमेरिकी डलर पुगेको छ । यसको पछाडिको कारण भनेको गूगल सर्च, युट्युव भिडियो स्ट्रिमिङ र क्लाउड विजनेस हो ।

अर्को चाैमासिकमा कस्तो परिणाम आउला भन्ने प्रश्नमा गूगलका सीएफओ रुथ पोराटले एडभर्टाइजिङ विजनेसका लागि अप्ठ्यारो अवस्था हुने बताएका छन् । कम्पनीको रेभिन्यूमा ठूलो मार्जिन देखा पर्ने उनले बताए । आगामी महिनामा यो महामारी कसरी जान्छ भन्ने कुराले पनि आयलाई निर्धारण गर्ने उनको भनाई थियो । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३