close

एमपेसा र फ्लटर वेबसँग सहकार्य गर्दै ईकमर्श बजारमा भिजाको प्रवेश

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १४:५६

एमपेसा र फ्लटर वेबसँग सहकार्य गर्दै ईकमर्श बजारमा भिजाको प्रवेश

काठमाडौं । सन् २००७ मा केन्यामा सार्वजनिक भएको सफारी कमको ई पेमेन्ट सेवा एम पेसाले त्यहाँको ७० प्रतिशत मोबाइल मनी बजार कब्जा गरिसकेको छ । कोभिड-१९ अर्थात कोरोनाभाइरसको महामारी सुरु भएपछि केन्याको केन्द्रीय बैंकले नगद प्रयोगलाई घटाउन एम पेसाको मद्दत मागेको छ । 

गत महिना विश्वकै ठूलो वित्तीय सेवाप्रदायक भिजाले पनि एम पेसालाई आफ्नो ग्लोबल नेटवर्कमा जोडेको थियो । 

सफारी कम केन्याको सबैभन्दा ठूलो टेलिकम सेवाप्रदायक हो । सफारी कम र एम पेसाले भुक्तानी र प्रविधिमा साझेदारी गरेका हुन् ।

यो साझेदारीका कारण एम पेसाले पूर्वी अफ्रिकी मुलुकमा व्यापक वित्तीय सेवा सञ्जाल विस्तार गर्न सक्यो । भिजा ग्लोबल मर्चेन्टको रुपमा र दुई सयभन्दा धेरै मुलुकहरुमा कार्ड नेटवर्क विस्तार गर्न सफल भएको छ ।

यी दुई कम्पनीको सहकार्यमा एम पेसाका ग्राहकहरुलाई डिजिटल पेमेन्टमा सहयोग गर्ने प्रडक्टको विकासको काम पनि भइरहेको छ । यो साझेदारीले वैधानिकता पाउन बाँकी नै छ । एम पेसाले ई-कमर्शलाई सहजीकरण गर्ने कार्यमा समेत सहकार्य गर्ने बताएको छ ।

विश्वका अन्य महादेशको तुलनामा अफ्रिकी मुलुकहरुमा एकदमै थोरै जनसंख्याले मात्र बैंकिङ सेवा प्रयोग गर्छन् । तर केन्यामा भने विश्वकै सबैभन्दा धेरै मोबाइल मनी पेनिट्रेसन (प्रयोग तथा पहुँच) रेट रहेको छ । कन्यामा एमपेसाको उपस्थितिकै कारण यो सम्भव भएको हो । एम पेसाका दुई करोड ४५ लाख सेवाग्राही छन् र एक लाख ७६ हजार एजेन्टको सञ्जाल छ । 

भिजाले अफ्रिकी फिनटेक कम्पनीहरुसँग भेञ्चर क्यापिटल र साझेदारी गरिरहेको छ । अफ्रिकामा सेवा विस्तार गर्ने उद्देश्यले भिजाले अहिले अफ्रिकी पेमेन्ट स्टार्टअपहरुसँग साझेदारीमा काम गरिरहेको छ ।

भिजाले साझेदारी गरेको अर्को एउटा यस्तो फिनटेक स्टार्टअप हो – नाइजेरियाको फ्लटर वेब । दु‍वैले यसै  अप्रिलमा ई-कमर्श प्रडक्ट सार्वजनिक गरेका थिए । भिजा र फ्लटर वेबको साझेदारीमा फ्लटर वेब स्टोर सार्वजनिक भएको थियो । 

एजेन्सीको सहकार्यमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३