सूचना प्रविधि क्षेत्रमा अधिकांश युवा ‘म्यानेजर’, महिलाको स्वामित्वमा १८८ कम्पनी
बैशाख २५, २०७७ १२:२७
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संलग्नमध्ये अधिकांश युवा रहेको पाइएको छ । आर्थिक गणना २०७४ अनुसार १५ देखि ३९ बर्षका १३ हजार २ सय ६५ जना युवा म्यानेजर यो क्षेत्रमा कार्यरत रहेको पाइएको छ ।
यस क्षेत्रमा संलग्न संस्थाले वार्षिक करिब ७४ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने गरेको तथ्यांकले देखाउँछ । कुल संख्याको हिसाबले भने मुलुकमा २९ हजार ५ सय ३३ जना पुरुष म्यानेजर छन् ।
महिला म्यानेजरको संख्या भने तीन हजार १ सय ६७ रहेको छ । महिलाहरुको स्वामित्वमा एक सय ८८ ओटा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनी तथा संस्था सञ्चालनमा छन् ।
जब कि पुरुषको स्वामित्वमा एक हजार ८ सय १९ ओटा संस्था छन् । महिलाको मात्र स्वामित्व रहेका संस्थाले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने देखिएको छ । त्यस्ता संस्थाको नाफा भने बार्षिक ८६ करोड रुपैयाँ रहेको छ ।
| महिला म्यानेजर | ३१६७ |
| पुरुष म्यानेजर | २९५३३ |
| महिला स्वामित्वको संस्था संख्या | १८८ |
| पुरुष स्वामित्वको संस्था संख्या | १८१९ |
| १५ देखि ३९ वर्षका म्यानेजर संख्या | १३२६५ |
अधिकांश कम्पनी भाडाको भवनमा
सूचना तथा सञ्चार क्षेत्रमा संलग्न कम्पनी तथा संस्था मध्ये अधिकांश भाडाको भवनमा सञ्चालित छन् । जसमा ४५५ कम्पनीको मात्र आफ्नै भवन रहेको छ । बाँकी १६७३ कम्पनी भने भाडाको भवनमा रहेका छन् ।
| आफ्नै भवनमा रहेका संस्था | ४५५ |
| भाडाको भवनमा रहेका संस्था | १६७३ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
