close

सूचना प्रविधि क्षेत्रमा अधिकांश युवा ‘म्यानेजर’, महिलाको स्वामित्वमा १८८ कम्पनी

टेकपाना टेकपाना

बैशाख २५, २०७७ १२:२७

सूचना प्रविधि क्षेत्रमा अधिकांश युवा ‘म्यानेजर’, महिलाको स्वामित्वमा १८८ कम्पनी

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संलग्नमध्ये अधिकांश युवा रहेको पाइएको छ । आर्थिक गणना २०७४ अनुसार १५ देखि ३९ बर्षका १३ हजार २ सय ६५ जना युवा म्यानेजर यो क्षेत्रमा कार्यरत रहेको पाइएको छ ।

यस क्षेत्रमा संलग्न संस्थाले वार्षिक करिब ७४ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने गरेको तथ्यांकले देखाउँछ । कुल संख्याको हिसाबले भने मुलुकमा २९ हजार ५ सय ३३ जना पुरुष म्यानेजर छन् ।

महिला म्यानेजरको संख्या भने तीन हजार १ सय ६७ रहेको छ । महिलाहरुको स्वामित्वमा एक सय ८८ ओटा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनी तथा संस्था सञ्चालनमा छन् ।

जब कि पुरुषको स्वामित्वमा एक हजार ८ सय १९ ओटा संस्था छन् । महिलाको मात्र स्वामित्व रहेका संस्थाले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने देखिएको छ । त्यस्ता संस्थाको नाफा भने बार्षिक ८६ करोड रुपैयाँ रहेको छ ।

महिला म्यानेजर ३१६७
पुरुष म्यानेजर २९५३३
महिला स्वामित्वको संस्था संख्या १८८
पुरुष स्वामित्वको संस्था संख्या १८१९
१५ देखि ३९ वर्षका म्यानेजर संख्या १३२६५

अधिकांश कम्पनी भाडाको भवनमा

सूचना तथा सञ्चार क्षेत्रमा संलग्न कम्पनी तथा संस्था मध्ये अधिकांश भाडाको भवनमा सञ्चालित छन् । जसमा ४५५ कम्पनीको मात्र आफ्नै भवन रहेको छ । बाँकी १६७३ कम्पनी भने भाडाको भवनमा रहेका छन् ।

आफ्नै भवनमा रहेका संस्था ४५५
भाडाको भवनमा रहेका संस्था १६७३

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१