काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ३३ हजार २ सय ७६ जना संलग्न रहेको पाइएको छ । आर्थिक गणना २०७४ अनुसार यस क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थामा उक्त संख्या बराबर व्यक्ति संलग्न रहेको देखिएको हो ।
संलग्न व्यक्ति र समग्र व्यापार हेर्दा प्रतिव्यक्ति व्यापार ५८ लाख ३१ हजार रुपैयाँ, खर्च ४४ लाख ६७ हजार रुपैयाँ र नाफा १३ लाख ६५ हजार रुपैयाँ पाइएको छ ।
कुल संलग्न संख्या
३३२७६
प्रतिव्यक्ति बिक्री
५८३१ (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति खर्च
४४६७ (मूल्य रु. हजारमा)
प्रतिव्यक्ति नाफा/घाटा
१३६५ (मूल्य रु. हजारमा)
त्यस्तै दर्ता भएका कम्पनी तथा संस्थामा संलग्न व्यक्तिको संख्या ३२ हजार ६ सय १० जना रहेको देखिन्छ । यस्ता संस्थामा प्रतिव्यक्ति नाफा १३ लाख ८७ हजार रहेको पनि आर्थिक गणनाले देखाएको छ ।