close

एटके भिडियो रेकर्ड गर्न मिल्ने पोको एफ टू प्रो सार्वजनिक, यस्तो छ मूल्य अनि फिचर

टेकपाना टेकपाना

जेठ २, २०७७ १३:४८

एटके भिडियो रेकर्ड गर्न मिल्ने पोको एफ टू प्रो सार्वजनिक, यस्तो छ मूल्य अनि फिचर

काठमाडौं । सन् २०१८ मा साओमी कम्पनीबाट छुट्टिएर स्वतन्त्र बनेको पोको ब्राण्डले नयाँ पोको एफ टू प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । पोको एफ टु प्रो फोन पनि दुई वर्ष अघि आएको सफल पोको एफ वान स्मार्टफोन जस्तै छ । 

यो फोनमा ६.६७ इञ्चको फूल एचडी प्लस एएमओएलईडी डिस्प्ले रहेको छ । जसमा २४०० बाई १०८० पिक्सेको रेजोलुसन रहेको छ । यसमा स्क्रिनभित्रै फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

साथै यसले फाइभजी नेटवर्कलाई पनि सपोर्ट गर्छ । यसमा क्वाड कोर रियर क्यामेरा सेटअप र अगाडि भागमा पपअप क्यामेरा छ । यसमा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । 

यो स्मार्टफोन दुईओटा भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेजको मूल्य ४९९ चिनियाँ युआन अर्थात् करिब ८४ हजार रुपैयाँ रहेको छ । यस्तै दोस्रो आठ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य ५९९ युआन अर्थात् एक लाख रुपैयाँ रहेको छ ।

दुवै भेरियन्ट एन्ड्रोइड टेनमा आधारित छन् । यो फोन मंगलबारदेखि ई-कमर्श साइटहरु गियरबेस्ट र अलिएक्सप्रेसमा विश्वभर बिक्रीका लागि उपलब्ध छ । पोकोले चाँडै यो फोन अमेजन, लाजडा र सोपी जस्ता ई-कमर्श साइट तथा आफ्नै आधिकारिक वेबसाइटमा पनि बिक्रीका लागि राख्ने जनाएको छ । 

डुअल सिम कार्ड सपोर्ट गर्ने यो स्मार्टफोनमा क्वालकमको फ्ल्यागशिप ओक्टा कोर स्प्नाड्रागन ८६५ प्रोसेसर राखिएको छ, जसमा एडरिनो ६५० जीपीयू रहेको छ । 

हाई ईण्ड गेम खेल्दा तात्ने समस्याबाट स्मार्टफोनलाई बचाउन यसमा शितल राख्ने प्रविधि लिक्विड कूलिङ राखिएको छ । क्यामेराको कुरा गर्दा यो फोनमा ६४ मेगापिक्सेलको सोनी आईएमएक्स ८६८ सेन्सर प्रयोग भएको छ ।

जसले प्राइमरी क्यामेराको रुपमा काम गर्छ । साथै यसमा १३ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गगल  र पाँद्ब मेगापिक्सेलको म्याक्रो तथा दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फी क्यामेराका लागि भने २० मेगापिक्सेलको सेल्फी सेन्सर राखिएको छ ।  

यसमा रहेकाे रियर क्याेमराले २४ एफपीएसमा एटके रेजोलुसन तथा ६० एफपीएसमा फोरके रेजोलुसनको भिडियो रेकर्ड गर्न सक्छ । याे फोन नियोन ब्ल्यू, इलेक्ट्रिक पर्पल, साइबर ग्रे, फानतम ह्वाइट रंगमा उपलब्ध छ । यसमा ४७ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर रहेको छ ।

यसमा अन्य फिचरहरु अरु फ्ल्यागशिप स्मार्टफोन सरहकै छन् । यसमा एचडीआर टेन प्लस, ५०० निट्सको डिस्प्ले ब्राइटनेस, कोर्निङ गोरिल्ला ग्लास फाइभ स्क्रिन प्रोटेक्सन राखिएको छ । साथै आईआर ब्लास्टर पनि यसमा रहेको छ ।

तर यसको डिस्प्लेमा वान प्लस एट टी प्रोमा जस्तो १२० हर्जको रिफ्रेस रेट भने छैन । अघिल्लो वर्ष साओमीबाट अलग्गिएको पोकोले स्वायत्त कम्पनीको सार्वजनिक गरेको यो दोस्रो स्मार्ट फोन हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१