close

अनलाइनबाटै यसरी भर्नुहोस् नर्सिङ काउन्सिलको परीक्षा फाराम

टेकपाना टेकपाना

जेठ ४, २०७७ १७:३९

अनलाइनबाटै यसरी भर्नुहोस् नर्सिङ काउन्सिलको परीक्षा फाराम

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाण-पत्र परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । काउन्सिलले असार २० गते सञ्जालन हुने नेसनल लाइसेन्सिङ इक्जामिनेसन फर नर्सेस (एनएलईएन) को परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने भएको हो ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले असार १ गतेसम्म अनलाइन फाराम बुझाउन सक्नेछन् । यद्यपी दोब्बर दस्तुर बुझाएर ८ गतेसम्म अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।

अनलाइनबाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षा आवेदन फाराम बुझाउन नपाउने व्यवस्था गरेको काउन्सिलले परीक्षा शूल्क १६ सय रुपैया तोकेको छ । बिलम्ब शूल्क भने ३१ सय रुपैयाँ लाग्नेछ ।

काउन्सिलको परीक्षा शूल्क समेत अनलाइनबाटै बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि डिजिटल भुक्तानी सेवाप्रदायक ईसेवा प्रयोग गर्नुपर्नेछ । काउन्सिलको वेबसाइटबाट तथा ०१४३७२५२१ नम्बरमा फोन गरी परीक्षा सम्बन्धी थप जानकारी लिन सकिनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणको स्थिति र लकडाउनको समयावधिलाई मध्यनजर गर्दै परीक्षाको मिति हेरफेर हुनसक्ने बताइएको छ ।

यसरी भर्नुहोस् अनलाइन फाराम

  • फाराम भर्नका लागि सबै भन्दा सुरुमा अकाउण्ट क्रियट गर्नुपर्ने हुन्छ।
  • अकाउन्ट क्रियट गर्न यहाँ क्लिक गर्नुहोस् र दायाँ तर्फ रहेको क्रियट एन अकाउण्टमा रहेको रजिस्टर फाराम भर्नुहोस् ।
  • रजिस्टर गर्दा  आफ्नो ईमेल समेत त्यसमा राख्नुहोस् ।
  • फाराम भरिसकेपछि अन्तिममा रहेको रजिस्टर बटन क्लिक गर्नुहोस् ।
  • अब तपाईंको ईमेलमा रजिस्ट्रेशन भेरिफिकेसन लिङ्क प्राप्त हुनेछ । यदि ईमेलमा भेरिफिकेसन लिङ्क प्राप्त नभएमा ईमेलको जंक बक्समा चेक गर्नुहोस् ।
  • उक्त लिङ्क मार्फत भेरिफिकेसन गरिसकेपछि काउन्सिलको वेबसाइटमा लगईन गर्न सक्नुहुन्छ ।
  • युजर नेममा तपाईंको ईमेल अनस पासवर्ड राख्नुहोस् ।
  • अब प्रवेश  परीक्षाको लागि अनलाइन फाराममा आवश्यक भएअनुसार आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरुको स्क्यान कपी अपलोड गर्नुहोस् ।
  • हालसालै खिचेको आफ्नो पासपोर्ट साइजको प्रस्ट अनुहार देखिने फोटो पनि अपलोड गर्नुहोस् ।
  • पीएनजी, जेपीजी, जेपीईजी र जीआईएफ मध्ये जुनसुकै फर्म्याटमा स्क्यान कपी तथा फोटो अपलोड गर्न सक्नुहुनेछ । तर फाइल साइज भने दुई एमबीभन्दा थोरै हुनुपर्ने हुन्छ ।
  • ईसेवाको टोल फ्री नम्बर १६६००१०२१२१ मा सम्पर्क गरेर समेत अन्य आवश्यक जानकारी लिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३