close

एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङमा नयाँ सुविधा

टेकपाना टेकपाना

जेठ १०, २०७७ ९:९

एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङमा नयाँ सुविधा

काठमाडौं । एनएमबी बैंकले आफ्नो कर्पोरेट इन्टरनेट बैंकिङमार्फत परिष्कृत सेवा सुरु गरेको छ । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व नै लक डाउनमा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सहजताका लागि नयाँ सुविधा थप गरिएको हो ।

सन् २०१६ देखि नै सुरु भएको एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोबार लगायतका कार्यहरु सहजै गर्न सकिन्छ ।

वर्तमान कोभिड महामारीलाई मध्येनजर गर्दै बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ माध्यममा नयाँ र आकर्षक सुविधा थपेको छ । जसमा ठूलादेखि साना कर्पोरेट हाउसहरुले घर तथा कार्यालयबाटै हरेक वित्तीय सेवाहरु तत्कालै प्राप्त गर्न सक्ने बताइएको छ ।

एनएमबी बैंकको उक्त सरल योजनाबाट अनलाइनमै आफ्नो खाताको विवरण हेर्न, सब्स्क्राइब गर्न र सदस्यता प्राप्त गर्न सकिन्छ ।

यसले बैंकसम्म धाउनुपर्ने झन्झटबाट समेत मुक्ती दिलाउनेछ । तलव पोष्टिङ, अन्य बैंकको खातामा रकम ट्रान्सफर, ट्रेड फाइनाइन्स, कर्जा प्रोसेसिङ लगायतका व्यवसायीक कार्यहरु समेत इन्टरनेटबाटै लिन सकिने बैंकले जनाएको छ ।

यसमा कारोबारको सीमा समेत उच्च रहेको छ । सुरक्षाको नवीनतम संयन्त्रमा रहेको अत्याधुनिक एनएमबी कर्पोरेट बैंकिङ सुविधा लिने ग्राहकको संख्या पछिल्लो समयमा बढ्दै गएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३