काठमाडौं । अब अनलाइनबाटै मोबाइल बैंकिङ एक्टिभ (सक्रिय) गराउन सकिने भएको छ । जुनसुकै बैंकमा खाता रहेका सेवाग्राहीले अनलाइनबाटै बैंकिङ कारोबार गर्न सकिने गरी मोबाइल बैंकिङ सेवा लिन सक्ने भएका हुन् ।
फोन पे नेटवर्कसँगको सहकार्यमा प्रायः सबैजसो बैंकले अनलाइनबाट मोबाइल बैंकिङ सेवा एक्टिभ गराउन सक्ने व्यवस्था मिलाइएका छन् । यस अघि मोबाइल बैंकिङ सेवा लिन सम्बन्धित बैंकमै गएर फारम भर्नुपर्ने बाध्यता रहेको थियो ।
मोबाइल बैंकिङबाट मोबाइल रिचार्ज, रकम ट्रान्सफर, ब्यालेन्स थाहा पाउन, आफ्नो स्टेटमेन्ट हेर्न, अन्य वालेटमा रकम लोड गरी विभिन्न सेवाको भुक्तानी गर्न समेत सक्नुहुन्छ । आज हामी तपाईंलाई घरबाटै मोबाइल बैंकिङ सेवा कसरी लिने भन्ने विषयमा बताउँदै छौं ।
अनलाइन बैंकिङ सेवा लिने तरिका
- आफ्नो खाता रहेको बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नुहोस् ।
- एप इन्स्टल गरिसकेपछि त्यहाँ रहेको सेल्फ रिजस्ट्रेसन, प्रोब्लेम लगईन वा लगईन अप्सनमा क्लिक गर्नुहोस् ।
- अब त्यहाँ मागिएको अनुसार आफ्नो अकाउण्ट नम्बर, एटीएम कार्ड नम्बर, र फोन नम्बर राखेर अगाडि बढ्नुहोस् । यति भए पछि तपाईंको अनुरोध सम्बन्धित बैंकमा पुग्छ ।
- बैंकमा खाता नम्बर र राखेको मोबाइल नम्बर भेरिफाइ भएपछि बैंकले तपाईंलाई एसएमएसको रुपमा ओटीपी एक्टिभेसन कोड पठाउनेछ ।
- प्राप्त कोड एपमा राखेपछि तपाईंको मोबाइल बैंकिङ एक्टिभेट गर्न लगईन पासवर्ड राख्नुहोस् र डन गर्नुहोस् ।
- यति गरेपछि तपाईंको मोबाइल बैंकिङ सेवा एक्टिभ हुन्छ ।
अनलाइन बैंकिङ एप डाउनलोड गर्न सम्बन्धित बैंकको पछाडि रहेको आईओएस तथा एन्ड्रोइडमा क्लिक गर्नुहोस्
- नेपाल बैंक लिमिटेड आईओएस एन्ड्रोइड
- कृषि विकास बैंक आईओएस एन्ड्रोइड
- नविल बैंक आईओएस एन्ड्रोइड
- नेपाल इन्भेस्टमेन्ट बैंक आईओएस एन्ड्रोइड
- स्ट्याण्डर्ड चार्टर्ड बैंक आईओएस एन्ड्रोइड
- हिमालयन बैंक आईओएस एन्ड्रोइड
- नेपाल एसबीआई बैंक आईओएस एन्ड्रोइड
- नेपाल बंग्लादेश बैंक आईओएस एन्ड्रोइड
- एभरेष्ट बैंक आईओएस एन्ड्रोइड
- कुमारी बैंक आईओएस एन्ड्रोइड
- लक्ष्मी बैंक आईओएस एन्ड्रोइड
- सिटिजन्स बैंक आईओएस एन्ड्रोइड
- प्राइम कमर्शियल बैंक आईओएस एन्ड्रोइड
- सनराइज बैंक आईओएस एन्ड्रोइड
- सेञ्चुरी बैंक आईओएस एन्ड्रोइड
- सानिमा बैंक आईओएस एन्ड्रोइड
- माछापुच्छ्रे बैंक आईओएस एन्ड्रोइड
- एनआईसी एसिया आईओएस एन्ड्रोइड
- ग्लोबल आईएमई बैंक आईओएस एन्ड्रोइड
- एनएमबी बैंक आईओएस एन्ड्रोइड
- प्रभु बैंक आईओएस एन्ड्रोइड
- शिद्धार्थ बैंक आईओएस एन्ड्रोइड
- बैंक अफ काठमाडौं आईओएस एन्ड्रोइड
- सिभिल बैंक आईओएस एन्ड्रोइड
- नेपाल क्रेडिट एण्ड कमर्स बैंक आईओएस एन्ड्रोइड
- राष्ट्रिय बाणीज्य बैंक आईओएस एन्ड्रोइड
- मेगा बैंक आईओएस एन्ड्रोइड
- देव विकास बैंक एन्ड्रोइड
- गण्डकी विकास बैंक आईओएस एन्ड्रोइड
- गरिमा विकास बैंक आईओएस एन्ड्रोइड
- ज्योती विकास बैंक आईओएस एन्ड्रोइड
- कामना सेवा विकास बैंक आईओएस एन्ड्रोइड
- महालक्ष्मी विकास बैंक आईओएस एन्ड्रोइड
- मुक्तिनाथ विकास बैंक आईओएस एन्ड्रोइड
- सांग्रिला विकास बैंक आईओएस एन्ड्रोइड
- साइन रेसुंगा विकास बैंक आईओएस एन्ड्रोइड
- लुम्बिनी विकास बैंक आईओएस एन्ड्रोइड
- सप्तकोशी विकास बैंक आईओएस एन्ड्रोइड
- एक्सेल विकास बैंक आईओएस ए्ड्रोइड
- ग्रीन विकास बैंक आईओएस एड्रोइड
- कञ्चन विकास बैंक आईओएस एन्ड्रोइड
- कर्णाली विकास बैंक आईओएस एन्ड्रोइड
- मितेरी विकास बैंक आईओएस एन्ड्रोइड
- सहयोगी विकास बैंक एन्ड्रोइड
- सिन्धु विकास बैंक आईओएस एन्ड्रोइड
- तिनाउ मिसन विकास बैंक आईओएस एन्ड्रोइड
- सहारा विकास बैंक आईओएस एन्ड्रोइड
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
