काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
मन्त्री खतिवडाका अनुसार आगामी आर्थिक वर्षमा देशभर फोरजी सेवा विस्तार गरिनेछ । आगामी आर्थिक वर्षमा डिजिटल नेपालको फ्रेमवर्क समेत कार्यान्वयनमा ल्याइने अर्थमन्त्री खतिवडाले बताएका छन् ।