काठमाडौं । गूगलले आफ्नो म्याप एपलाई थप नयाँ फिचरका साथ सुधार गर्दैछ । कोरोनाभाइरसको समयमा स्थानीय व्यवसायहरुसँग जोडिन ग्राहकहरुलाई सहयोग पुर्याउने लक्ष्यका साथ गूगलले यो एपमा सुधार ल्याउने भएको हो ।
एपमा हुने एउटा नयाँ टूलले प्रयोगकर्ताहरुलाई अनलाइन योगा, कुकिङ क्लासका लागि भर्चुअल अपोइन्टमेन्ट बूक गर्न सहयोग गर्नेछ । साथै त्यसमा सेवाको अंकित मूल्य पनि राखिने छ ।
यस्तै अर्को अपडेटमा विशेष तरिकाले विण्डो डिजाइन गरिएका छन् । जसमा ज्येष्ठ तथा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुलाई लक्षित गरिएको छ ।
कोभिड १९ महामारीका कारण संघर्षरत स्थानीय व्यसायहरुका लागि गूगलले यस्ता परिवर्तनहरु ल्याएको हो । महिनाैंसम्म लकडाउनका कारण सबै गतिविधि ठप्प हुँदा स्थानीय व्यवसाय धराशायी बनेका छन् भने कतिपय बन्द अवस्थामा छन् ।
गूगलको एउटा नयाँ अपडेट फिचरको मद्दतबाट व्यवसायीहरुले सेवाग्राहीसँग पेज लिंक गराएर डोनेसन जुटाउनुका साथै गिफ्ट कार्ड पनि खरीद गर्न सक्छन् । डोनेसनका लागि गूगलले पेपाल र गोफण्ड मीसँग साझेदारी गरेको छ ।
महामारीबीच अनलाइन माग र डेलिभरीको संख्या बढेको छ । अर्को फिचरले रेस्टुरेन्टलाई विभिन्न अप्सनहरु दिएको छ । जसमा रेस्टरेन्टले डेलिभरी वा डाइन ईनको सेवा दिने विषयहरु राख्न सक्छन् ।
गूगलको यो विजनेस लिस्टिङमा डाइनिङ रुम नभएका भर्चुअल किचेन विजनेस पनि समेटिन सक्छन् । यसअघि रेस्टुरेन्टसँग त्यस किसिमका अप्सनहरु थिएनन् ।
गूगलले आफ्नो म्याप सेवामा नसमेटिएका साना व्यवसायलाई पनि सहयोग गर्ने बताएको छ । गत मार्चमा गूगलले कोरोनाभाइरसका कारण धरासायी बनेका संस्थाहरुलाई सहयोग गर्न ८० करोड डलरको प्याकेज घोषणा गरेको थियो ।
यस्तै ३४ करोड डलर उसले सबै क्षेत्रका साना तथा मध्यम आकारका व्यवसायहरुका लागि विज्ञापन गर्न क्रेडिट लगानी गरेको थियो । ती क्रेडिटहरु एक्टिभ गूगल एड अकाउन्ट भएका व्यवसायीहरुले पाउने र वर्षको अन्त्य अघि नै सबै चुक्ता हुन्छ ।
तर केही साना व्यवसायहरुले गूगलको कोरोना भाइरस राहत प्याकेज लामो समयसम्म नजाने बताएका छन् । स्मल ट्राभल कम्पनीका सीईओले गूगललाई आफ्नो एड क्रेडिटको टाइमलाइन बढाउन वा क्यास रिफण्ड उपलब्ध गराउन आह्वान गरेका छन् ।