काठमाडौं । मोजिल्लाले केही समय अघि फायरफक्स लकबक्स सार्वजनिक गरेको थियो । जुन फायरफक्सको पासवर्ड म्यानेजरमा प्रवेश थियो ।
यद्यपी सेभ गरिएका पासवर्डहरु हेर्न सकिने, नयाँ पासवर्ड थप गर्न वा पुरानो पासवर्डलाई एडिट गर्न नसकिने फिचरका कारण यसलाई पूर्ण रुपमा पासवर्ड म्यानेजरको रुपमा हेरिएको भने थिएन ।
यो प्रयासले मोजिल्ला फायरफक्सको पूर्ण पासवर्ड म्यानेजरका लागि आधार भने तयार पारेको थियो । अब भने फायरफक्स लकवाइज पासवर्ड म्यानेजर उपलब्ध भएको छ ।
फायरफक्स लकवाइजमा तपाईंले नयाँ पासवर्ड कृयट गर्नुका साथै त्यसलाई एडिट र डिलिट गर्न समेत सक्नुहुन्छ । साथसाथै तपाईंले राखेको पासवर्ड हेर्न समेत पाउनुहुनेछ । तर कपी गर्न भने म्यानुअल्ल विधि नै अपनाउनुपर्ने हुन्छ ।
फायरफक्स लकवाइजमा पासवर्ड जेनेरेटर भने समावेश छैन । जसका कारण नयाँ पासवर्ड राख्दा तपाईं स्वयम् आफैले युनिक र बलियो पासवर्ड तयार पार्नुपर्ने हुन्छ ।
एन्ड्रोइड र आईओएस दुवैमा फायरफक्स लकवाइजको मोबाइल एप उपलब्ध छ । तर ती भर्सनहरुमा नयाँ पासवर्ड राख्न सकिँदैन । जसमा केवल राखिएका पासवर्ड हेर्न मिल्ने सुविधा मात्र छ ।
फायरफक्स लकवाइजको प्रयोग कसरी गर्ने ?
फायरफक्स लकवाइज फायरफक्स ब्राउजरको भर्सन ७० सँगै सार्वजनिक भएको हो । यदि तपाईं फायरफक्सको ७० अघिका भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् ।
नयाँ भर्सनमा अपग्रेड भइसकेपछि फायरफक्स अकाउन्टमा लग ईन गर्नुपर्ने हुन्छ । यसका लागि माथि दायाँ कुनामा रहेको मेनु बटनमा क्लिक गर्नुहोस् र साइन ईन टु फायरफक्समा जानुहोस् ।
फायरफक्स मेनुबाट फायरफक्स लकवाइजमा एक्सेस बनाउने
लग ईन गरेपछि, फायरफक्सले तपाईंको पासवर्ड सहितको सबै डेटालाई सिंक्रोनाइज गर्छ । यसले त्यति धेरै समय लिने छैन । जब यो प्रक्रिया पुरा हुन्छ, फेरी मेनु बटनमा क्लिक गर्नहोस् र लग ईन एण्ड पासवर्डमा क्लिक गर्नुहोस् ।
तपाईंले नयाँ ट्याब खोलेर एड्रेस बारमा लग ईन टाइप गर्न सक्नुहुन्छ । यसरी जताबाट गए पनि तपाईंले फायरफक्स लकवाइजमा पहुँच बनाउन सक्नहुन्छ ।
एकपटक फायरफक्स लकवाइज खुलेपछि तपाईंले साइट तथा सेवाको नाम वा युजरनेम टाइप गरी कुनै पनि राखिएका पासवर्ड खोज्न सक्नुहुन्छ ।
फायरफक्समा पासवर्ड सर्च गर्ने
लकवाइजमा नयाँ इन्ट्री कसरी गर्ने ?
फायरफक्स लकवाइजमा नयाँ पासवर्ड राख्न कृयट न्यु लग ईन बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने विण्डोमा राख्न चाहेको यूआरएल, युजरनेम र पासवर्ड टाइप गरेर सेभ गर्नुहोस् ।
फायरफक्स लकवाइजमा नयाँ इन्ट्री गर्ने
नयाँ इन्ट्री गरिसकेपछि यो तपाईंको फायरफक्स अकाउन्टसँग सिंक्रोनाइज हुनेछ । लकवाइज रहेको फायरफक्समा यो सजिलै उपलब्ध छ ।
मास्टर पासवर्ड कसरी राख्ने ?
कसैले पनि आफ्नो ब्राउजरलाई पासवर्ड सेभ गर्न दिँदैनन् । किन ? किन कि त्यसो गर्नु असुरक्षित हुन्छ । यदि तपाईं साइट भिजिट गर्दा हरेक पटक पासवर्ड राखिराख्न झञ्जट मान्नुहुन्छ भने फायरफक्स ब्राउजर गतिलो विकल्प हुनसक्छ ।
जसमा त्यस्ता लगईन सुरक्षित राख्ने फिचर समावेश छ । यसमा भएको मास्टर पासवर्डले तपाईंको वेबसाइटलाई लक गरेर राख्छ । जुन तपाईंले मास्टर पासवर्ड राखेपछि मात्र खुल्छ । यस्तो मास्टर पासवर्ड बिना फायरफक्सले ब्राउजरमा सेभ भएको लगईनमा पहुँच दिन इन्कार गर्छ ।
ब्राउजरमा लगईन तथा क्रेडेन्सियल सेभ भएको अवस्थामा त्यसलाई सुरक्षित राख्ने यो नै सबैभन्दा साधारण र प्रभावकारी तरिका हो । तर, तपाईं मास्टर पासवर्ड कसरी सेट गर्नुहुन्छ ? वास्तवमा यो एकदमै साधारण छ । एक छिन हेरौं है त !
पहिलो कुरा तपाईंले फायरफक्स खोल्नुपर्ने हुन्छ । अब मेनु बटनमा क्लिक गर्नुहोस् । मेनु बटनबाट प्रिफरेन्सेस मा क्लिक गर्नुहोस् । त्यसमा रहेको प्राइभेसी तथा सेक्युरिटीमा क्लिक गर्नुहोस् ।
यति गरेपछि नयाँ विण्डो खुल्छ । मास्टर पासवर्ड प्रयोग गर्न चेकबक्समा क्लिक गर्नुहोस् । प्रम्ट त्यहाँ आफ्नो नयाँ मास्टर पासवर्ड टाइप गरेर भेरिफाइ गर्नुहोस् । यो पासवर्डलाई एकदमै बलियो पार्नुहोस् ।
तपाईंले पासवर्ड म्यानेजर प्रयोग गरेर मास्टर पासवर्ड तयार पार्नुभयो भने झन् राम्रो । जुन तपाईं सम्झिन समेत सक्नुहुन्न । अब फायरफक्सलाई बन्द गर्नुहोस् र फेरी खोल्नुहोस् ।
अब तपाईंले फायरफक्स खोल्नु भयो भने कुनै सेवा तथा साइटमा प्रयोग हुने कुनै पनि विवरण प्रयोग गर्न मास्टर पासवर्ड माग्नेछ । कहिलेकाहिँ मास्टर पासवर्ड माग्ने प्रम्ट तत्कालै देखा नपर्न सक्छ ।
यस्तो बेलामा तपाईं केही समय पर्खिनुपर्ने हुन्छ । पप अप तुरुन्तै देखा नपरेपनि मास्टर पासवर्ड नराखुञ्जेल तपाईंका कुनै पनि अरु पासवर्ड उपलब्ध हुनेछैनन् ।
अब सम्झिनुस् त, फायफक्स मास्टर पासवर्ड कति प्रभावकारी छ ? यदि तपाईं आफ्नो सुरक्षाको विषयलाई लिएर सम्वेदनशिल र चिन्तित पनि हुनुहुन्छ तर आफ्नो युजर नेम र पासवर्ड हरेक पटक टाइप टाइप गर्न पनि चाहनुहुन्न भने यो मास्टर पासवर्ड फिचर तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ ।
यदि तपाईंले मास्टर पासवर्ड राख्नु भएन भने तपाईंको फायरफक्स वेब ब्राउजरमा पहुँच भएका जो कसैले पनि तपाईंको पासवर्ड हेर्नसक्छन् ।