close

अब दराजमै विश्वप्रसिद्ध अनलाइन गेम, यसरी खेल्नुहोस्

टेकपाना टेकपाना

जेठ २३, २०७७ १६:२०

अब दराजमै विश्वप्रसिद्ध अनलाइन गेम, यसरी खेल्नुहोस्

काठमाडौं । ईकमर्स कम्पनी दराजले दराज फस्ट गेम्स (डीएफजी सुरु गरेको छ । गेमिङ प्लेटफर्म दराज फस्ट गेम एपमा प्रयोगकर्ताहरूले नि: शूल्क अनलाइन गेमहरू खेल्न सक्नेछन् ।

जसमा दराज भौचरहरू सहित अन्य आकर्षक पुरस्कार समेत जत्न सकिनेछ । पछिल्ला केही महिनामा लुडो जस्ता अनलाइन गेमिङ एपहरु निकै लोकप्रिय भएका छन् । लामो लकडाउनका कारण घरमा बस्दा बस्दै दिक्क भएका व्यक्तिहरुका लागि गेमिङ एप मनोरञ्जनका स्रोत बन्न पुगेका छन् ।

नेपालका ग्राहकको त्यस किसिमको बढ्दो मनोरन्जनको माग पुरा गर्न दराजले विश्व चर्चित गेमिङ प्लेटफर्म पेटीएम फस्ट गेम्ससँग सहकार्य मार्फत डिएफजी सुरु गरेको हो । दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिङ क्षेत्रमा रहेको अनुभवको फाइदा लिन सक्नेछ।

डीएफजीमा दराज प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रशिद्ध गेमहरूको आनन्द लिन सक्नेछन् । जसमा  रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निःशूल्क खेल्न पाइने छ । यसका साथै, गेमरहरूले  दुवै टुर्नामेन्ट  मोड र १:१ मोडमा भाग लिन सक्नेछन् ।

जहाँ आफ्ना साथीभाइ, परिवार, वा अन्य प्रयोगकर्ताहरूसँग  अनलाइन खेल्न मिल्छ । प्रयोगकर्ताहरुले डीएफजी मार्फत १६०० रुपैयाँसम्मको भौचर सहित अन्य रोचक पुरस्कार समेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तो भौचर अनलाइन शपिङमा प्रयोग गर्न सकिनेछ । तर डीएफजी केवल दराजको एन्ड्रोइड एपमा मात्र खेल्न सकिनेछ ।

यसले देशको प्रविधि उद्योगको विकासमा उत्प्रेरकको रूपमा काम गर्ने दराज नेपालका ट्राफिक अपरेशन प्रमुख विद्या प्रधानको भनाई छ । पेटीएम फस्ट गेमका चिफ अपरेटिङ अफिसर सुधांशु गुप्ताले पछिल्लो समय दक्षिण एसयाली क्षेत्रमा मोबाइल गेमिङको प्रयोग निकै बढेको बताइन् ।

‘हामी यसको विकास गर्न चाहने एउटै मिसन भएकाहरुसँग साझेदारी गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘ यस क्षेत्रमा विश्वस्तरीय गेमिङ अनुभव दिलाउन दराजसँग साझेदारी गर्न पाउँदा निकै रोमाञ्चित महसुश गरिरहेका छौं ।  यस साझेदारीबाट हामी  लुडो र ईस्पोर्ट्स जस्ता गेमहरु मार्फत विश्वसमान सफलता दोहोर्‍याउने आशा राख्छौं ।’

कसरी खेल्ने ?

  • यहाँ क्लिक  गरी दराज एप डाउनलोड गर्नुहोस् र एप खोल्नुहोस् ।
  • अब दराज अकाउन्ट खोल्नुहोस र लगईन गर्नुहोस् ।
  • होमपेजमा डीएफजी आइकनमा ट्याप गर्नुहोस् ।
  • अब कुनै पनि गेम चयन गरी खेल खेल्न र अंकहरू जित्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१