काठमाडौं । ठूला ठूला प्रविधि कम्पनीहरुले कोरोनाको महामारी सुरु भएपछि आफ्ना कर्मचारीहरुलाई पायक पर्ने ठाउँबाट काम गर्ने अनुमति दिइरहेका छन् । तर यसलाई कसरी सम्भव तुल्याउने भन्ने प्रश्न अहिले सबैको मनमा छ ।
फेसबुकका सीईओ मार्क जुकरवर्गले आफ्ना कर्मचारीहरुलाई रिमोट वर्कका लागि पेमेन्टमा एडजस्टमेन्ट गर्ने बताएका थिए । रिमोट वर्कको सिस्टममा सिफ्ट हुनेहरुले एकपटक अटोमेटिक कम्पनीको रणनीतिलाई हेर्न आवश्यक छ ।
१५ वर्ष पुरानो यो कम्पनी एउटा भेञ्चर क्यापिटल युक्त कम्पनी हो । यो पब्लिस प्लेटफर्म वर्डप्रेसको प्यारेन्ट कम्पनी समेत हो ।
साथै कमेन्ट फिल्टर गर्ने कम्पनी अकिस्मेट, लामो राइटिङ कन्टेन्ट प्लेटफर्म लङरिड तथा सोसल मिडिया कम्पनी टम्बलरमा समेत यसैको स्वामित्व छ ।
अटोमेटिक कम्पनीमा एक हजारभन्दा धेरै कर्मचारी छन् । स्थापना कालदेखि नै अटोमेटिकले आफ्ना कर्मचारीहरुलाई रिमोट वर्क गराउँदै आएको छ । २०१७ मा अटोमेटिकले अमेरिकाको सान फ्रान्सिस्को स्थित आफ्नो कार्यालय बन्द गरेपछि पूर्णरुपमा रिमोट वर्कमा सिफ्ट भएको थियो ।
कम्पनीका संस्थापक तथा सीईओ म्याट म्युलेनवेगका अनुसार कम्पनीले पहिलेदेखि नै आफ्ना कर्मचारीहरुलाई इच्छा अनुसारको ठाउँबाट काम गर्ने अनुमति दिएको थियो । ता कि त्यसबाट बचत भएको रकम अन्य ठाउँमा खर्च गर्न सकियोस् ।
रिमोट वर्कलाई व्यवस्थित बनाउन अटोमेटिकको आफ्नै प्ले बूक छ । साथै कम्पनीले आफ्ना कर्मचारीहरुलाई पायक पर्ने ठाउँमा कार्यालय बनाउन र यात्राको खर्च पनि उपलब्ध गराउँदै आएको छ ।
अटोमेटिकले विभिन्न ७५ वटा मुलुकहरुमा आफ्ना कर्मचारीहरु राखेको छ । सीईओ म्युलेनवेग कर्मचारीहरुलाई भूगोलको आधारमा नभएर काम अनुसार भुक्तानी गर्ने गरेको बताउँछन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरको कम्पनीलाई मुद्राको मूल्य अस्थिर हुँदा आफ्ना कर्मचारीहरुलाई उनीहरुको स्थानीय मुद्रामा भुक्तानी गर्नु नै मूख्य चुनौतीको विषय हो । जसले असमानता समेत ल्याउने गरेको छ ।
अहिले धेरै कम्पनीहरु रिमोट वर्कमा सिफ्ट भएको बेला तत्कालै सामान्य तलवमान कायम गर्न अप्ठ्यारो हुने उनी बताउँछन् ।
छरिएर काम गर्दा त्यसले देश र पुरै विश्वभर आर्थिक अवसरलाई फैलाउने फेसबुकका संस्थापक जुकरवर्गको विश्वास छ । रिमोट वर्लले शक्तिलाई समानीकरण गर्ने म्युलेनवेगको बुझाई छ ।
उनी भन्छन्, ‘विगतमाभन्दा अहिले विश्वमा धेरी आर्थिक अवसर प्रसार भएका छन् । यसलाई ठूलो सकरात्मक प्रभावको रुपमा लिनुपर्छ ।’