close

नेपालकै पहिलो भर्चुअल आईटी रोजगार मेला सम्पन्न

टेकपाना टेकपाना

जेठ २६, २०७७ १८:३

नेपालकै पहिलो भर्चुअल आईटी रोजगार मेला सम्पन्न

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको भर्चुअल आईटी रोजगारी मेला सफलतापूर्वक सम्पन्न भएको छ । जेनस क्लाउड एकेडेमी, गर्ल्स ईन टेक नेपाल तथा जब्स डाइनामिकले संयुक्त रुपमा आयोजना गरेको ‘भर्चुअल जब फेयर’ गत जुन १ देखि सुरु भएको थियो ।

३० भन्दा धेरै कम्पनीहिरुले मेलामा आफ्नो अनलाइन जब स्टल राखेका थिए । उक्त भर्चुअल जब फेयरमा पाँच सयभन्दा धेरै उत्साही युवाहरुले सहभागिता रहेको थियो । 

कोभिड १९ महामारी र त्यसबाट बच्न विगत दुई महिनादेखि देश लकडाउनमा छ । कलेज सकेर नयाँ राेजगारीको खोजिमा रहेकाहरु र रोजगारदातालाई एकै ठाउँ ल्याउन उक्त भर्चुअल मेलाको आयोजना गरिएको हो । 

मेलाकी संयोजक सृष्टि श्रेष्ठले प्रतिकूल अवस्थामा आयोजना गरिएको मेलामा केही राम्रो विषयहरु समेत आएको जानकारी दिइन् । ‘जब हामी यो मेला आयोजना गर्ने योजनामा थियौं, तब लकडाउले गर्दा घरमै बसेर रोजगारदाता र इच्छुक आवेदकहरुलाई एकअर्कासँग जोड्ने प्रभावकारी उपायको खोजीमा थियौं ।’

रोजगारीको खोजीमा रहेका युवा र कम्पनीहरुको सहभागीताबाट आफूहरु उत्साहित भएको उनको भनाई थियो । 

पाँच सय आवेदक सहभागी मेलामा ३० वटा कम्पनीले तीन सय ३० भन्दा बढी रोजगारीको अफर गरेका थिए । गर्ल्स ईन टेकले आगामी दिनमा समेत यस्तै किसिमको आईटी जब फेयर आयोजना गर्ने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०