close

चोरीको आरोपमा गूगलले प्ले स्टोरबाट हटायो टिकटकको प्रतिस्पर्धी एप

टेकपाना टेकपाना

जेठ २९, २०७७ ९:५३

चोरीको आरोपमा गूगलले प्ले स्टोरबाट हटायो टिकटकको प्रतिस्पर्धी एप

काठमाडौं । गूगलले टिकटकको प्रतिस्पर्धी जेन एपलाई प्ले स्टोरबाट हटाएको छ । चोरीको आरोप लागेपछि प्ले स्टोरबाट उक्त एप हटाइएको हो ।

टिकटकपछिको दोस्रो ठूलो चिनियाँ भिडियो एप निर्माता कम्पनी क्वाइसाउले बनाएको उक्त एप अमेरिकी प्रशान्त क्षेत्रमा छोटो समयमै निकै लोकप्रिय बनेको थियो । मे को अन्तिमसम्म आइपुग्दा आईओएस एप स्टोरमा टप डाउलोडमा परेको यो गूगल प्लेस्टोरको टप टेन एपमा पर्न सफल भएको थियो ।

तर, टिकटकका हाइप्रोफाइल प्रयोगकर्ताले सहमति नलिएरै आफ्ना कन्टेन्ट जेन एपमा अपलोड गरिएको बताएको भन्दै यसै हप्ता मात्रै वायर्डमा एक रिपोर्ट प्रकाशित भएको थियो ।

जसमा केहीले नाम, तस्वीर, महिनौं पुराना कन्टेन्ट सहित आफ्नो समग्र प्रोफाइल नै जेन एपमा क्लोन गरिएको बताएका थिए ।

जेनको इन्टफेस दुरुस्तै टिकटकको जस्तै छ ।  प्रयोगकर्ताहरुले यसमा अन्य प्रयोगकर्ताको छोटो भिडियो फीड आफ्नो वालमा हेर्न मिल्ने बनाइएको छ ।

तर जेनले आफूलाई टिकटक जस्तो मनोरञ्जनमा मात्र सिमित राखेको भने छैन । यो एपमा प्रयोगकर्ताले आफ्ना साथीहरुलाई एप डाउनलोड गर्न इन्भाइट पठाउन सक्ने र त्यसवापत् पैसा कमाउन सक्ने अफर समेत दिँदै आएको थियो । 

विश्वभर लोकप्रिय बनेको स्वदेशी कम्पनी बाइटड्यान्सको टिकटक एपको विरासतलाई समाप्त पार्न क्वाइसाउ प्रयासरत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०