close

साइन अप र लग ईन सजिलो बनाउन गूगलले ल्यायो ‘वान ट्याप’

टेकपाना टेकपाना

असार ९, २०७७ ९:११

साइन अप र लग ईन सजिलो बनाउन गूगलले ल्यायो ‘वान ट्याप’

काठमाडौं । फारम भरेर सेवाका लागि दर्ता गराउने अवधारणा धेरै पुरानो भइसक्यो । यसलाई धेरै हदसम्म अटोफिल सिस्टमले विस्थापित गर्दैछ ।

तर यसमा समेत अझै केही समस्याहरु छन् । उदाहरणका लागि तपाईंले गूगल वा फेसबुक कहाँबाट अकाउन्ट साइनअप गर्नु भयो ? पासवर्ड प्रयोग गर्नु भयो वा पहिलो पटक रजिस्टर गर्नु भयो ? यस्ता दुविधाहरु यसमा आउन सक्छन् । 

तर गूगलको सोलुसन प्रयोग गर्न चाहनेहरुका लागि कम्पनीले यसको पनि समाधान दिएको छ । कम्पनीले वान ट्याप सोलुसन तयार गरेको छ ।

वान ट्याप साइन अप

यो नयाँ सिस्टमले तपाईंलाई गूगल अकाउन्टबाट लग ईन भएका एप वा साइटहरुमा एउटा टचकै मद्दतले साइन अप गर्न सजिलो बनाएको छ । डेभलपर्सहरुले आफ्नो सेवामा गूगलको यो सोलुसनलाई समावेश गरेपछि प्रयोगकर्ताले यसलाई प्रयोग गर्नसक्ने छन् ।

अटोमेटिक साइन ईन

यसबाट प्रयोगकर्ताहरुले एन्ड्रोइडमा फर्म नभरी साइट वा एपमा छिटो साइन अप गर्न मात्र होइन रजिस्टर गरेको अकाउन्टबाट ट्याप गरेर चाँडै साइन ब्याक समेत गर्नसक्छन् । यसरी तपाईं आफ्नो पासवर्ड याद गर्नुपर्ने र कुनै उपनामबाट अकाउन्ट कृयट गरेको भन्ने झन्झटबाट पनि मुक्त हुनसक्नुहुन्छ ।

यो युनिफर्म इन्टरफेसमा देखिने हुँदा यसलाई सबै थर्ड पार्टी एप र सर्भिसहरुमा सजिलै पहिचान गर्न सकिन्छ । आफ्नो एन्ड्रोइड डिभाइसमा तपाईं पहिले नै लग ईन भएको अवस्थामा गूगल अकाउन्ट तथा पासवर्ड नमागी गूगल तपाईंको डिभाइसमा चल्छ ।

यसरी थर्ड पार्टी एपमा समेत दोस्रो पटक यसले तपाईंसँग गूगल अकाउन्टको पासवर्ड माग्ने छैन । तपाईंको जानकारीहरु सुरक्षित भएको प्रत्याभूति दिन गूगलले ब्लक स्टोर नामको ब्याक ईण्ड सिस्टम पनि तयार गरेको छ ।

यसले थर्ड पार्टी एपहरुलाई सेक्युरिटी टोकन बनाउने अनुमति दिन्छ, जुन प्रयोगकर्ताको अकाउन्टसँग जोडिएको हुन्छ । साइन ईन गर्दैगर्दा प्रयोगकर्ताले अन्य जानकारीको साटो यो टोकन प्रयोग गर्न सक्छन् । 

  आफ्नो डिभाइसमा धेरै एप प्रयोग गर्नेहरुलाई यो फिचरले ठूलो राहत दिने देखिन्छ । लाइफ ह्याकरका ब्रेण्डेन हिस्से गूगल अकाउन्टमा सबै एपहरुलाई जोड्नुको जोखिमबारे चिन्ता व्यक्त गर्छन् ।

यदि कसैसँग तपाईंको गूगल अकाउन्टको एक्सेस छ भने तपाईंले प्रयोग गर्ने सबै एपमा त्यस्ता व्यक्तिले पहुँच बनाउन सक्छन् । तर गूगलबाट साइन अप गर्नु र यसमा ठूलो फरक छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१