एजेन्सी । अमेरिकालाई पछि पार्दै चीन प्रविधि उद्योगको क्षेत्रमा २०२० मा विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुलुक बन्ने तरखरमा छ । वास्तवमा चीनको प्रविधि क्षेत्र तीब्र गतिमा अघि बढिरहेको छ ।
गत सोमबार बजार बन्द हुँदैगर्दा अमेरिकी प्रविधि कम्पनीले यो वर्ष बजारमा १४ प्रतिशत प्रगति हासिल गरेका थिए । सोही अवधिमा चीनले एक प्रतिशतको फरकमा १३ प्रतिशतले राम्रो प्रदर्शन गरेको न्यासड्याकको स्टक मार्केट इन्डेक्सले देखाएकाे छ ।
बाँकी विश्वलाई हेर्ने हो भने युरोपको प्रविधि क्षेत्रमा पाँच प्रतिशतले प्रदर्शनमा सुधार गरेको छ । उदयीमान बजारबाट आएका प्रविधि कम्पनीहरुले अहिले जटिल समयको सामना गरिरहेका छन् ।
उनीहरुको प्रदर्शनमा १७ प्रतिशतले गिरावट आएको छ । यद्यपी कम्पनीहरु विस्तारै पुनः र्स्थापित हुने क्रममा पनि छन् ।
प्रविधि उद्योगमा लगानीको बेञ्चमार्क
इन्भेस्को ट्रिपल क्यु विश्वकै सबैभन्दा ठूलो प्रविधि केन्द्रीत ईटीएफ हो । ट्रिपल क्यूले आफ्नो लगानी न्यासड्याक हन्ड्रेड इन्डेक्समा मापन गर्दछ । न्यासड्याक हन्ड्रेड एनडीएक्स एउटा प्रविधि कम्पनीहरुको इन्डेक्स हो, जसले कम्पनीहरुको बजार मूल्यको आधामा त्यसलाई मापन गर्दछ ।
ट्रिपल क्यूको शीर्ष स्टकमा एनडीएक्सको प्रतिरुप देखिन्छ । जहाँ एप्पल, माइक्रोसफ्ट, अमेजन सबैले मिलेर ट्रिपल क्यूको लगानीको ३० प्रतिशतभन्दा धेरै बनाएका छन् । जुन उनीहरुको मार्केट क्यापको अनुपातमा छ र अन्य बाँकी इन्डेक्सहरुसँग सापेक्षित छ ।
यसकारण एनडीएक्सको वृद्धि र गिरावट तथा इन्भेस्कोको ट्रिपल क्यूको बजार प्रदर्शनले मात्र अमेरिकी प्रविधि कम्पनीहरुको स्वास्थ्यलाई निर्क्योल गर्नसक्छ ।
चीन टप स्टक
हार्ड फर्कले चीनको बढ्दो प्रविधि क्षेत्रलाई प्रतिनिधित्व गर्न इन्भेस्कोको चाइना प्रविधि ईटीएफ सी ट्रिपल क्यू प्रयोग गर्दछ । अमेरिकाको वैकल्पिक सी ट्रिपल क्यूले उसको पोर्टफोलियो एफटीएसई चाइना इन्क ए २५ प्रतिशत प्रविधि क्याप इन्डेक्स मापन गर्दछ ।
यसमा चीनका ठूला ठूला प्रविधि कम्पनीहरु समावेश छन् । सी ट्रिपल क्यूका टप स्टकहरु भनेका टेन्सेन्ट, मेइतुवान डियानपिङ र बाइडु छन् ।
ट्रिपल क्यू जस्तै यसको पोर्टफोलियो पनि यसमा समावेश ठूला प्रविधि कम्पनीका कारण धेरै भारपूर्ण छ । जसले २५ प्रतिशत भन्दा धेरै फण्डको फोर्टफोलियो बनाएको छ ।