एजेन्सी । फ्लिपकार्टल बुधबार थप तीन स्थानीय भाषालाई आफ्नो सेवामा थप गरेको छ । भारतीय इकमर्श कम्पनी फ्लिपकार्टले भारतका साना शहरमा आफ्नो पकड विस्तार गर्ने उद्देश्यले अंग्रेजी र हिन्दी भाषा प्रयोग नहुने शहरमा स्थानीय भाषा थप गरेको हो ।
वालमार्ट कम्पनीको स्वामित्व रहेको भारतीय इकमर्श कम्पनी फ्लिपकार्टले आफ्नो अनलाइन मार्केट प्लेटफर्ममा तमिल, तेलेगु र कन्नडा भाषामा इन्टरफेस सुविधा सुरु गरेको छ । भारतमा यी भाषा बोल्नेहरुको जनसंख्या करिब दुई करोड छ ।
फ्लिपकार्टले गत वर्ष मात्र आफ्नो वेबसाइट र एपमा हिन्दी भाषाको इन्टरफेस राखेको थियो । यस्तै फ्लिपकार्टको प्रतिस्पर्धी कम्पनी अमेजनले समेत २०१८ मा आफ्नो सेवामा हिन्दी भाषा थप गरेको थियो । तर कम्पनीले अन्य स्थानीय हिन्दी भाषालाई भने सपोर्ट गर्दैन ।
९५ प्रतिशत सेवाग्राहीहरुको रोजाईमा हिन्दी भाषाको इन्टरफेस पर्ने गरेको फ्लिपकार्टका प्रवक्ता बताउँछन् । भारतमा फ्लिपकार्ट र अमेजनले शहरी क्षेत्रबाहिर ग्रामिण क्षेत्रमा समेत आफ्नो पहुँच विस्तार गर्ने उद्देश्यले स्थानीय भाषामा सेवा सुरु गरेको हो ।
विश्वको दोस्रो ठूलो इन्टरनेट बजार भारत अहिले अमेरिकी र चिनियाँ प्रविधि कम्पनीहरुको ठूलो युद्ध मैदान बनेको छ । भारतमा अमेजनले यसै महिना आफ्नो १५ वर्ष पुरा गरेको छ भने फ्लिपकार्ट १३ वर्षमा हिँड्दैछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
