सेलुलर एन्टेनाहरु विशेषगरी अग्ला अग्ला टावर तथा छानाहरुमा इन्स्टल गर्ने गरिन्छ । जब एन्टेना तथा टावर मर्मत गर्नुपर्ने हुन्छ, त्यस्तो बेला फिल्ड इञ्जिनियरहरु अग्ला अग्ला छानामा चढ्ने गर्छन् । तर सामसङको पछिल्लो नयाँ प्रणालीले टावर मर्मत गर्न सजिलो बनाइदिने भएको छ ।
टावर मर्मत गर्ने परम्परागत विधि बाँया र ड्रोनमा आधारित सामसङको आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन दायाँ । तस्वीरः सामसङ
यससँगै कर्मचारीहरुको सुरक्षा बढ्नुका साथै नेटवर्क पर्फमेन्समा समेत सुधार आउने अपेक्षा गरिएको छ ।
सामसङले आफ्नै क्याम्पसमा उक्त सिस्टम प्रद्धर्शन गरेको थियो । उक्त प्रणालीअन्तर्गत फिल्ड इञ्जिनियरहरुले क्यामेरा सहितको ड्रोनलाई स्मार्टफोनबाट नै नियन्त्रण गर्नसक्छन् ।
इञ्जिनियरले सो ड्रोन उडाएर टावरका एन्टेनाहरुको तस्वीर लिन सक्छन् । त्यसपश्चात एआईले एन्टेनाको अवस्थिति सही दिशामा घुमेको छ वा बाङ्गो छ भनेर जाँच गर्न सक्छन् ।
स्मार्टफोन स्क्रीनमा एन्टेना कन्फिग्रेसनको मापन जाँच गर्दै सामसङका इन्जिनियर
फाइभजी नेटवर्क साइटको संख्या बढ्दै जाँदा नेटवर्कको पर्फमेन्सको विषयमा सेवाप्रदायकहरुको ध्यानाकर्षण बढ्दै गएको छ । यसैबीच साइट मर्मत सुधारका लागि बजारमा इन्टेलिजेन्स सोलुसनको माग बढ्दो छ ।