close

चिनियाँ एप प्रतिबन्धसँगै मोदीको नयाँ कार्यक्रम, एप बनाउनेलाई ३२ लाख दिने

टेकपाना टेकपाना

असार २१, २०७७ ११:९

चिनियाँ एप प्रतिबन्धसँगै मोदीको नयाँ कार्यक्रम, एप बनाउनेलाई ३२ लाख दिने

एजेन्सी। भारतले  डिजिटल प्रविधिमा आत्मनिर्भर हुन भन्दै आत्मनिर्भर भारत इन्नोभेटिभ च्यालेञ्ज सार्वजनिक गरेको छ । ५९ वटा चिनियाँ एप प्रतिबन्ध लगाएको एक साता वित्न नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उक्त नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् । 

प्रधानमन्त्री मोदीले एक ट्वीटमार्फत कार्यक्रमको घोषणा गरे । उनले ट्वीमार्फत भनेका छन्, ‘आज  प्रविधि तथा स्टार्टअप समुदायका लागि विश्वस्तरीय मेड ईन इण्डिया एप तयार पार्ने दिशामा निकै उत्साहजनक अवस्था तयार भएको छ । उनीहरुको सोँच र उत्पादनलाई सहजीकरण गर्न इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय र अटल इन्नोभेसन मिसनबाट आत्मनिर्भर भारत एप इन्नोभेसन च्यालेञ्ज सार्वजनिक हुँदैछ ।’

यो कार्यक्रम अन्तर्गत मोबाइल गेम, सोसल मीडिया तथा फोटो-वीडियो एडिटिङ एप बनाउनेलाई अधिकतम २० लाख भारतीय रुपैयाँ (३२ लाख रुपैयाँ) सम्मको पुरस्कार दिने बताइएको छ । यो च्यालेञ्जलाई भारतले ‘मेक ईन इण्डिया फर इण्डिया एण्ड द वर्ल्ड’ नारा दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३