close

ईसेवाको विशेष सदस्यतामा अस्पतालको खर्चदेखि दुर्घटना बीमासम्मको सुविधा

टेकपाना टेकपाना

असार २२, २०७७ १५:४३

ईसेवाको विशेष सदस्यतामा अस्पतालको खर्चदेखि दुर्घटना बीमासम्मको सुविधा

काठमाडौं । डिजिटल वालेट सेवाप्रदायक कम्पनी ईसेवाले प्रिभिलेज सदस्यता दिन सुरु गरेको छ । कम्पनीले थप क्यासब्याकदेखि बीमा सुविधासम्म पाउने गरी आफ्ना प्रयोगकर्ताका लागि यस्तो अफर ल्याएको हो । 

यो सदस्यताका लागि १८० रुपैयाँ शूल्क राखिएको छ । यस्तो सदस्यता लिने प्रयोगकर्ताले अस्पतालमा भर्ना हुँदा प्रति दिन एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पाउनेछन् भने एक लाख रुपैयाँसम्मको दुर्घटना बीमासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

यसका साथै दामी म्युजिक प्रिमियमा एक साताको सदस्यता, एक महिनासम्म टप डक्टर अनलाइनमा नि:शूल्क कोभिड १९ परामर्श, विधान हेल्थकेयरमा स्वास्थ्य जाँच गराउँदा एक हजार रुपैयाँ छूटका साथै १५ रुपैयाँ क्यासब्याकको समेत लाभ उठाउन सकिनेछ । 

ईसेवाको प्रिभिलेज सदस्यता लिए वापत तपाईंले आफ्नो ईसेवा खातामा तुरुन्तै १५ रुपैयाँ क्यासब्याक पाउनुहुनेछ । यस्तो क्यासब्याक ईसेवा मार्फत जुनसुकै बिल भुक्तानीमा प्रयोग गर्न सकिनेछ । 

यो योजनामा ६० वर्ष उमेरमाथिका व्यक्तिहरुको अस्पताल भर्ना भने समावेश गरिएको नरहेको बताइएको छ । नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरु मात्र योजना लागु हुने भन्दै कम्पनीले कोरोना भाइरसका कारण अस्पताल भर्ना भएर रकम दाबी गर्दा १५ दिन पछाडि कोरोना भाइरस पुष्टी भाइसकेपछि सहयोग रकम उपलब्ध गराइनेछ । 

ईसेवा एप लग ईन गरी होमस्क्रीनमा रहेको सर्च बारमा अंग्रेजीमा ईसेवा प्रिभिलेज सर्च गरी दइएको प्रकृया पुरा गरेर यो अफरमा सहभागी हुन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३