close

भारतपछि अमेरिकामा पनि टिकटक प्रतिबन्धको तयारी

टेकपाना टेकपाना

असार २३, २०७७ १२:३२

भारतपछि अमेरिकामा पनि टिकटक प्रतिबन्धको तयारी

काठमाडौं । प्रयोगकर्ताको अनावश्यक जानकारी संकलन गरी चीन सरकालाई उपलब्ध गराउँदै आएको आरोपमा भारतले गत साता ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्द लगायो ।
त्यसको सबैभन्दा ठूलो असर टिकटकलाई परेको छ ।

आफ्नो सबैभन्दा ठूलो बजारको रुपमा रहेको भारतमा प्रतिबन्द लाग्दा समस्यामा परेको कम्पनी अब अर्को ठूलो बजार समेत गुमाउने अवस्थामा पुगेको छ । भारतपछि अब अमेरिकाले समेत टिकटक सहितका चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा टिकटकलगायत चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनेबारे सोच बनाइरहेको बताएका छन् । ‘अमेरिकी सांसदहरूले टिकटकले प्रयोगकर्ताको डेटा संकलन गर्ने मोडलबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आवाज उठाउँदै आएका छन्’, उनले भनेका छन्, ‘त्यसैले पनि यो विषयमा सोच्नुपर्ने अवस्था सिर्जना भएको हो ।’

अमेरिका र चीनबीच जारी व्यापार युद्धको हालको अवस्थामा आएको यो भनाई कार्यानव्यन हुनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३