काठमाडौं । एप्पलले केही समय अघि सार्वजनिक गरेको सस्तो आईफोन एसई नेपाल आइपुगेको छ । नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेस प्रालिले सस्तो आईफोन नेपाल भित्र्याएको हो ।
सस्तो आईफोन एसई २०२० मोडलका फोन आगामी सातादेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । गत वैशाख ३ गते अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको यो फोन लकडाउनका कारण ढिलो गरी नेपाल भित्रिएको हो ।
४.७ इञ्च आकारको डिस्प्ले रहको यो फोनमा होम बटन प्रयोग भएको छ । यो झट्ट हेर्दा सन् २०१६ मा सार्वजनिक भएको आईफोन एट जस्तै रहेको छ ।
फोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको छ । फोनमा १२ मेगापिक्सेलको मूख्य क्यामेरा र सात मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । फोन सेतो, कालो र रातो गरी तीन फरक रङ्गमा उपलब्ध हुनेछ ।
http://45.32.118.189/2020/21786/
कति छ मूल्य ?
आईफोन एसई कम्पनीको सबैभन्दा सस्तो फोन हो । आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने जनाइएको छ ।
जसमध्ये सबैभन्दा सस्तो भेरियन्टको मूल्य ६८ हजार ५०० रुपैयाँ पर्नेछ भने १२८ जीबी को आईफोन एसईको मूल्य ७६ हजार ५०० रुपैयाँ राखिएको छ । त्यसैगरी २५६ जीबी आईफोन एसई को मूल्य ९२ हजार ५०० रुपैयाँ पर्ने जेनेरेसन नेक्स्टले जनाएको छ ।
तर अन्तर्राष्ट्रिय बजारमा भने आईफोन एसईको सुरुवाती मूल्य मंगलबारको विनिमय दरअनुसार ४७ हजार पाँच सय ५२ रुपैयाँ रहेको छ ।