close

अब मोबाइलको गूगल म्यापमै देखिनेछन्, ट्राफिक लाइट !

टेकपाना टेकपाना

असार २५, २०७७ १५:२२

अब मोबाइलको गूगल म्यापमै देखिनेछन्, ट्राफिक लाइट !

काठमाडौं । गूगल म्यापले एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि नयाँ उपयोगी फिचर थप गर्ने तयारी गरेको छ । गूगलले केही प्रयोगकर्ताहरुका लागि आफ्नो म्याम एपमा ट्राफिक लाइट देखाउन सुरु गरेको हो । 

पुरानो म्याप भ्यू वरिपरी नेभिगेट वा ब्राउज गरिरहँदा ट्राफिक लाइट देखिनेछ । तर म्याप ब्राउजर गरिरहँदा यी ट्राफिक लाइटका चिन्हहरु त्यति सजिलै देख्न सकिँदैन । तर नेभिगेसन मोडमा भने यी चिन्हहरु बढ्छन् र सजिलै देख्न सकिन्छ । नेभिगेसन गरिरहँदा इन्स्ट्रक्सनको सूचीमा यसलाई अहिले हाटलाइट गरिएको छैन । 

तपाईं हतारमा हुनुहुन्छ र ट्राफिक लाइटले भरिएको रुटबाट हिँड्न चाहनुहुन्न । एप्पल म्यापले ट्राफिक लाइट त देखाउँदै आइरहेको छ । तर गत वर्षदेखि यसले प्रयोगकर्तालाई संकेत दिन बन्द गरेको छ । 

गूगलले हाल यो फिचरमाथि परीक्षण गरिरहेको छ । निकट भविष्यमा यो फिचर सबै प्रयोगकर्ताहरुका लागि रोल आउट हुने कुरामा अहिले केही भन्न सकिने स्थिति छैन । अहिले थोरै प्रयोगकर्ताहरुलाई समेटेर यसको सर्भर साइड परीक्षण भइरहेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३