close

टिकटकमाथिको प्रतिबन्ध मानव अधिकारको प्रश्न

टेकपाना टेकपाना

साउन ३, २०७७ ९:५८

टिकटकमाथिको प्रतिबन्ध मानव अधिकारको प्रश्न

एजेन्सी । सुरक्षा तथा गोपनीयताको कारण देखाउँदै विभिन्न मुलुकका प्रशासन तथा कम्पनीहरुले टिकटक विरुद्ध चेतावनी जारी गरिरहँदा, टिकटकले भने आफूले प्रयोगकर्ताको डेटा चिनियाँ सरकारसँग शेयर नगरेको स्पष्टीकरण दिंदै आइरहेको छ । 

टिकटक र उसको बेइजिङ स्थित प्यारेन्ट कम्पनी बाइटड्यान्समाथि प्रश्न उठ्ने कुरा नयाँ भने होइन । विगतमा पनि अमेरिकामा बढ्दो प्रभावलाई लिएर टिकटकले विभिन्न सार्वजनिक सरोकारका प्रश्नहरुको सामना गर्दै आइरहेको थियो । यस्तै चीन सरकार विरुद्धका आलोचनात्मक सामग्रीहरुलाई सेन्सर गरेको आरोप पनि टिकटकमाथि लाग्दै आएको छ । 

अल्पसंख्यक उहिघुर मुस्लिम समुदायलाई लिएर चीनको व्यवहारप्रति आलोचनायुक्त सामग्री राखेपछि गत वर्षको नोभेम्बरमा टिकटकले १७ वर्षिया फिरोजा अजिजको भिडियो हटाएको थियो । तर पछि टिकटकले मानवीय त्रूटीभन्दै त्यसप्रति माफी मागेको थियो । 

वितेका केही हप्तायता टिकटकविरुद्धका दबाबहरु नयाँ उचाईमा पुगेका छन् । हङकङले यो एपलाई हटाएको छ । भातरमा पनि यो प्रतिबन्धित भएको छ । यस्तै अमेरिकामा पनि त्यहाँका राजनीतिज्ञहरुले टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने बताइरहेका छन् ।

अमेजनले आफ्ना कर्मचारीहरुलाई अफिसको ईमेल प्रयोग गर्ने फोनबाट उक्त एपलाई हटाउन निर्देशन दिएको छ । यस्तै अमेरिकाको बहुराष्ट्रिय वित्तीय कम्पनी वेल्स फार्गोले पनि आफ्ना कर्मचारीहरुलाई एप डिलिट गर्न भनेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले एक अन्तरवार्तामा ट्रम्प प्रशासन टिकटक र अन्य चिनियाँ सामाजिक सञ्जाल एपलाई बन्द गर्ने योजनामा रहेको बताएका छन् । अहिले सिलिकन भ्याल्ली, राजनीति र सरकारहरुबाट टिकटकलाई के गर्ने भन्ने विषयमा प्रश्न उठ्न थालेका छन् ।

चिनियाँ कम्पनी बाइटड्यान्स चिनियाँ कम्युनिष्ट पार्टीबाट स्वतन्त्र नभएको कारण टिकटक अन्य मुलुकमाथि सुराकी गर्ने हतियार बन्न सक्ने धेरै तर्कहरु उठ्न थालेका छन् । प्रतिबन्धका समर्थकहरुले यो जटिल भएको बताउने गरेका छन् ।

टिकटक पहिलो यस्तो विदेशी सोसल मिडिया कम्पनी हो, जुन नयाँ पुस्ताका अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेको छ । प्रतिस्पर्धाको दृष्टिकोणबाट फेसबुक र युट्युव जस्ता कम्पनीहरुका लागि समेत यो एउटा लेजिटिमेट थ्रेट बनेको छ ।

तर टिकटकमाथि प्रतिबन्धको विषयमा कति प्रतिशत अमेरिकी संरक्षणवाद, कति प्रतिशत निगरानी र वैदेशिक प्रभावको उचित त्रास र कति प्रतिशत जोनोफोबिया (अन्य मुलुकको जनता वा वस्तुप्रति घृणा गर्ने प्रवृत्ति) छ भन्ने कुरा यकिन साथ भन्न गाह्रो छ । 

वास्तवमा टिकटकमाथिको विवाद ह्वावेसँग मिल्छ । जून अहिले अमेरिका लगायतका विश्वका विभिन्न मुलुकहरुमा प्रतिबन्धित छ । ह्वावेमाथि पनि सुरक्षा कमजोरी र  निगरानीको आशंकामा प्रतिबन्ध लगाइयो । तर त्यसको आधार र प्रमाण भने कहिल्यै सार्वजनिक गरिएन ।

यसैगरी टिकटकविरुद्ध पनि प्रतिबन्धका हिमायती अमेरिकी राजनीतिज्ञहरुले चिनियाँ सरकारसँग सेयर भएको अमेरिकी डेटाको उदाहरण अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन् ।  

टिकटकले सामना गरिरहेको सार्वजनिक सरोकारका मामिला फेसबुक र युट्युवको भन्दा फरक छैनन् । यसको कन्टेन्ट मोडरेसनमा समस्या छ । यी सबैको व्यवसायिक मोडल पनि विज्ञाापनमा आधारित नै छ । यिनीहरुले आफ्ना प्रयोगकर्ताको डेटालाई मोनिटाइन गर्ने काम गर्दछन्  ।

यिनीहरुबाट पनि अमेरिकी सरकारले डेटा माग्न सक्छ । तर टिकटकको मामिलामा के फरक छ भने टिकटकलाई डेटा माग गर्ने उसको सरकार चीन हो । तर टिकटकमाथि प्रतिबन्ध लागु गर्ने  अमेरिकाको कडा कदम हो । यसो गर्नु प्रयोगकर्ताको अभिव्यक्ति स्वत्नताको घाटी निमोठ्ने कदम हुने कतिपय अमेरिकीहरुकै तर्क छ । 

एक्सेस नाउस्थित डिजिटल मानव अधिकार विज्ञ पिटर मिसेक भन्छन्, ‘सरकारदेखि मेलिसियस ह्याकर वा असन्तुष्ट कर्मचारी जुनसुकै उत्प्रेरित पात्रसँग टिकटको सेवा शर्तको कमजोरीलाई प्रयोग गरेर उसलाई बर्बाद पार्नसक्ने कारणहरु छ ।’ उनी अगाडी भन्छन्, ‘व्यापक डेटा सुरक्षाको नियम र सक्षम तथा स्रोत सम्पन्न वैधानिक व्यवस्थाले मात्र यस किसिमको शोषणलाई घटाउन सक्छ ।’

मिसेकका अनुसार एपलाई नै प्रतिबन्ध गर्नु भनेको चरम उपाय हो । यो अन्तर्राष्ट्रिय मानव अधिकार मानक विरुद्ध हो । उनी भन्छन्, ‘अन्तराष्ट्रिय मानव अधिकार कानूनअन्तर्गत सम्पूर्ण सेवा वा एप्लिकेसनमाथि प्रतिबन्ध लागु गर्नु आवश्यक र न्यायिक ठहर हुँदैन । यसलाई गैरकानूनी मानिएका धेरै दृष्टान्तहरु छन् ।’

मोदरबोर्डसँगको अन्तरवार्तामा टिकटकका प्रवक्ताले बताए अनुसार कम्पनीका अमेरिकामा सयौं कमर्चारी तथा महत्वपूर्ण पोस्टका कर्मचारीहरु छन्, जसले प्रडक्ट, सुरक्षा र सार्वजनिक नीतिको जिम्मेवारी सम्हालेका छन् । साथै कम्पनीका सीईओ पनि अमेरिकी नागरिक नै हुन् । गत मेमा मात्र डिज्नीका कार्यकारी केभिन मेयरले आफ्नो पदबाट राजीनामा दिएर टिकटकको कार्यकारी प्रमुखको पद सम्हालेका हुन् । 

प्रवक्ताले भनेका छन्, ‘हाम्रालागि प्रयोगकर्ताहरुलाई सुरक्षित सेवाको अनुभव प्रदान गर्नुभन्दा अर्को ठूलो प्राथमिकता छैन । हामीले चिनियाँ सरकारलाई कहिल्यै पनि प्रयोगकर्ताको डेटा दिएका छैनौं र मागियो भने पनि दिने छैनौं ।’

गोपनीयताको नीति अनुसार टिकटकले अन्य सामाजिक मिडिया तथा प्रविधि कम्पनीले जस्तै गरी प्रयोगकर्ताहरुको डेटा संकलन गर्दछ । जसमा दर्ता गर्दाताका उमेर र ईमेल, तथा अन्य जेनेरेटेड डेटाहरु जस्तै कमेन्ट, तस्वीर, भिडियो, म्यासेजमा रहने जानकारीहरु र प्रयोगकर्ताको आईपी एड्रेस भएको लोकेसन लगायतका जानकारीहरु रहने गरेका छन् । 

टिकटकले भनेको छ, ‘विश्वमा रहेका अन्य कम्पनीको तुलनामा टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको एकदमै थोरै मात्र डेटाहरु संकलन गर्दछ । हामीले यस्तो डेटा चिनियाँ सरकारलाई कहिल्यै पनि दिएका छैनौं र दिने छैनौं ।’

कम्पनीले हालै आफ्नो ट्रान्सपरेन्सी रिपोर्ट सार्वजनिक गरेको छ । जसमा उसले मोड्रेसन र जानकारीका लागि आउने मागलाई कसरी ह्याण्डल गर्छ भन्ने कुरा उल्लेख गरेको छ । 

टिकटकमाथि के के भए ?

मार्च ४ मा अमेरिकी सिनेटर जोस हावले (जो न्याय समिति अन्तर्गत अपराध तथा आतंकवाद उपसमितिका अध्यक्ष हुन्) सम्पूर्ण संघीय कर्मचारीले सरकारी उपकरणबाट टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने विधेयक ल्याउने घोषणा गरेका थिए । यसअघि नै अमेरिकाको रक्षा मन्त्रालय र यातायात सुरक्षा प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । 

यस्तै केही हप्ता अघि मात्र चीनसँग बढ्दो सीमा विवादबीच भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमाथि आफ्नो देशमा प्रतिबन्ध लगाएको छ । गत जुलाई ६ मा फक्स समाचारसँगको अन्तरवार्तामा विदेशमन्त्री माइक पोम्पियोले टिकटक र अन्य चिनियाँ सोसल एपमाथि प्रतिबन्ध लगाउन ट्रम्प प्रशासनले विचार गरिरहेको बताएका थिए । 

यस्तै जूलाई ७ मा चीनले हङकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि टिकटकले हङकङमा सेवा बन्द गर्ने घोषणा गरेको थियो । त्यसपछि जूलाई १० मा अमेजनले आफ्ना कर्मचारीलाई फोनबाट टिकटक डिलिट गर्न ईमेल मार्फत निर्देशन दिएको थियो । भलै लगत्तै अर्को ईमेलमार्फत त्रुटिपूर्ण रुपमा उक्त ईमेल गएको बताइएको  थियो ।

लगत्तै जुलाई ११ मा अमेरिकी बहुराष्ट्रिय वित्तीय कम्पनी वेल्स फार्गोले आप्ना कर्मचारीहरुलाई मोबाइलबाट टिकटक डिलिट गर्न भनेको थियो । यसै हप्ताको कुरा हो, अमेरिकाका दुई प्रमुख दल सत्ताधारी  रिपब्लिकन र प्रतिपक्षी रिपब्लिकनले आफ्ना कार्यकर्ता र अभियानकर्ताहरुलाई फोनमा टिकटक प्रयोग नगर्न निर्देशन दिएको छ । 

जुलाई १२ मा फक्स समाचारसँगको अन्तरवार्तामा ह्वाइट हाउसका व्यापार सल्लाहकार पेटेर न्याभार्रोले टिकटकका सीईओ केभिन मेयरलाई कठपुलती भनेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४