close

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा बस्याल

टेकपाना टेकपाना

साउन ५, २०७७ २२:३९

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा बस्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।

बस्याल यसअघि गण्डकी प्रदेशको मूख्यमन्त्री कार्यालयका प्रमूख सचिव थिए । सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदीले जेठ अन्तिम साता अवकाश पाएपछि त्यहाँको सचिव पद रिक्त रहेको थियो ।

स्थायी घर पाल्पा भएका बस्याल गत वर्षको वैशाखमा गण्डकी प्रदेशको मूख्य मन्त्री कार्यालयमा प्रमूख सचिवको रुपमा नियुक्त भएका थिए । त्यस अघि सहसचिवको रुपमा लामो समय अर्थमन्त्रालयमा विताएका उनी मृदुभाषी स्वभावका मानिन्छन् ।

चीनको लासामा महावाणीज्य दूत र दिल्लीमा नेपाली दूतावासको कर्मचारीको रुपमा काम गरेका उनीसँग कूटनीतिको राम्रो अनुभव छ । जसले गर्दा उनले सबैसँग राम्रो सम्बन्ध बनाएका छन् ।

सकेसम्म कसैलाई नचिढ्याउँने सचिव बस्याल एमबीए ग्र्याजुएट हुन् । कूटनीतिसँगै आर्थिक प्रशासन, राजश्व र वित्त व्यवस्थापनमा उनको राम्रो दख्खल छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४