close

आईफोन एसई २०२० नेपाली बजारमा, किन्न कहाँ पाइन्छ ?

टेकपाना टेकपाना

साउन ६, २०७७ २०:३७

आईफोन एसई २०२० नेपाली बजारमा, किन्न कहाँ पाइन्छ ?

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा आईफोन एसई सार्वजनिक गरेको छ । यो ६४ जीबी, १२८जीबी र २५६ जीबी स्टोरेज भएको यो फोन कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध भएको छ ।

यो स्मार्टफोनले प्रयोगकर्तामा उत्साह भर्ने जेनेरेशन नेक्स्टको विश्वास छ । नेपाली बजारमा यो फोनको मूल्य ६४ जीबीको ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार रुपैयाँ राखिएको छ ।

ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा एक वर्षको वारेन्टिका कम्पनीले आग्रह गरेको छ ।
जेनेरेशन नेक्स्टका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आईस्टोर, राइजिंग मल, क्वालिटी कम्प्युटर (विर्तामोड, झापा)। मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न सुझाव दइिएको छ ।

बक्समा जेननेक्स्टको होलोग्राम हेर्न नभुल्न आग्रह गर्दै कम्पनीले खरिद गर्नुअघि उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि वेबसाइट समेत सार्वजनिक गरेको छ । यहाँ क्लिक गरेर सिरियल नम्बर तथा आईएमईआई नम्बर राखेर त्यसको जाँच गर्न सकिनेछ ।

अहिले बजारमा ग्रे फोनहरु अवैध रुपमा आयात हुने गरेका छन् । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन । फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामग्रीहरु राखेर फेरिएको हुने जेनेरेशन नेक्स्टले उल्लेख गरेको छ । उसले अगाडि भनेको छ, ‘हामीहरु तपाईंलाई सक्कली उत्पादनहरु मात्र खरिद गर्न र अनधिकृत खरिद च्यानलहरु बाट टाढै रहन अनुरोध गर्दछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४