close

जीमेलमा यसरी प्रयोग गर्नुहोस् स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई फिचर

टेकपाना टेकपाना

साउन ८, २०७७ १३:४४

जीमेलमा यसरी प्रयोग गर्नुहोस् स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई फिचर

जीमेल संसारमा सबैभन्दा बढी प्रयोग हुने व्यक्तिगत ईमेल सेवा हो । गूगल निरन्तर जीमेलमा नयाँ सेवाहरू अपडेट गरिरहेको हुन्छ । त्यसो त जीमेलमा केहि उपयोगी सुविधाहरू छन्, जसको बारेमा या त प्रयोगकर्ताहरु अझैं पनि धेरै जानकारी राख्दैनन् वा उनीहरूले यो सुविधा प्रयोग गरिरहेका छैनन् ।

स्मार्ट रिप्लाई र स्मार्ट कम्पोज जीमेलका निकै उपयोगी फिचर हुन्, जसले कृतिम वौद्धिकताको सहयोगमा ईमेलको रिप्लाई दिने गर्दछ । आज हामी तपाईंलाई जीमेलको यो फिचर कसरी इनेबल गर्ने भन्ने विषयमा बताउँदै छौं । 

जीमेल एपमा

स्मार्ट रिप्लाई वा स्मार्ट कम्पोज फिचरले ईमेलमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गर्दछ । यो फिचर एण्ड्रोइड तथा आईओएस दुवै स्मार्टफोनमा इनेबल गर्न सकिन्छ । 

  • यो फिचरलाई इनेबल गर्सुन सर्वप्रथम तपाईंले आफ्नो जीमेल एप खोल्नुपर्ने हुन्छ, त्यसपछि तपाईं ह्यामबर्गर मेनूमा जानुपर्नेछ, जुन सुरुको दायाँ भागमा फेला पार्न सक्नुहुनेछ । 
  • यसमा सेटिङ छनौट गरेपछि जीमेल अकाउण्ट चयन गर्नुहोस् ।अब यसमा तपाईंले तल स्क्रोल गरेपछि स्मार्ट रिप्लाई र स्मार्ट कम्पोजको अप्सन देख्न सक्नुहुनेछ । अब तपाईंले यी दुवै विकल्पहरूलाई अन गर्नुपर्ने हुन्छ । 
  • यस पछि, जब तपाईं कुनै ईमेल कम्पोज (तयार) गर्नुहुन्छ, यसले स्वत: वाक्यांश वा शब्द समायोजनमा तपाईंलाई सल्लाह दिनेछ । यदि तपाईं स्क्रीनमा ट्याप गर्नुहुन्छ भने, यसले तपाईंलाई अन्य थप शब्दहरू समेत सजेस्ट गर्नेछ। टाइप गर्दा यसरी अटो सजेस्टको रुपमा आउने शब्दहरूलाई बेवास्ता गर्न पनि सक्नुहुन्छ।

डेस्कटपमा

यी फिचर जीमेलको डेस्कटप संस्करणमा पनि प्रयोग गर्न सकिन्छ । तर यसका लागि तपाईंले सुरुमा सेटिङमा गएर यो इनेबल गर्नुपर्ने हुन्छ ।

  • यसका लागि आफ्नो डेस्कटपमा जीमेल अकाउण्ट खोल्नुहोस्, र त्यसपछि स्क्रीनको माथि दायाँपट्टिको गियर आईकनमा क्लिक गर्नुहोस् ।
  • यसपछि तपाईंले सेटिङभित्र रहेको सामान्य किसिमको ट्यावमा स्मार्ट रिप्लाई तथा स्मार्ट कम्पोजको अप्सन देखा पर्नेछ ।
  • अब त्यसलाई खोल्नुहोस् । यति गरिसकेपछि, पर्सनलाइज अप्सनलाई समेत अन गर्नुहोस् ।
  • अब यसले तपाईंको लेखनशैली अनुसार स्मार्ट रिप्लाई तथा स्मार्ट कम्पोजका लागि स्वचालित रुपमा सजेसन दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४