काठमाडौं । ह्वावेको सब्सीडरी ब्राण्ड अनरले आफ्ना विभिन्न नयाँ तथा पुराना मोडलका फोनहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नयाँ सूचीअनुसार नेपालमा लागि अनर फोनको आधिकारिक वितरक कार्तुस टेक्नोलोजी प्रालिले फोनको मूल्यमा केही वृद्धि गरेको छ ।
सस्ता स्मार्टफोन तयार पार्ने ब्राण्डको रुपमा पहिचान बनाइरहेको अनर मोबाइलले हालै आफ्ना विभिन्न पाँच वटा स्मार्टफोनको अध्यावधिक मूल्य सूची उपलब्ध गराएको छ । लामो समयदेखिको लकडाउन अन्त्य भए पनि आयातमा लागत बढेको भन्दै अन्य स्मार्टफोनले समेत मूल्य बढाएका छन् ।
यस्तो छ, अनर मोबाइलको नयाँ मूल्य
१. अनर सेभेन एस
Picture credit: honor mobile
५.४५ इञ्च फूल भ्यू डिस्प्ले भएको यो फोनमा दुई जीबी र्याम र १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ । जसलाई मेमोरीकार्ड मार्फत २५६ जीबीसम्म बढाउन सकिन्छ । यसमा फोरजी डुअल स्ट्याण्ड बाई अर्थात दुवै सिममा फोरजी चलाउन मिल्छ । तर एकसाथ दुवै सिममा भने फोरजी चलाउन मिल्दैन ।
एन्ड्रोइड ८.१ ओरियो ईएमयूआई ८.० ओपरेटिङ सिस्टममा आधारित यो फोनमा प्रयोग भएको छ । निकाल्न नमिल्ने गरी यसमा ३०२० एमएएचको ब्याट्री राखिएको छ । यो फोनको चिपसेटको कुरा गर्दा यसमा १.५ गिगाहर्ज कोर्टेक्स ए ५३ क्वाड कोर प्रोसेसर रहेको छ ।
साथै यसमा १३ मेगापिक्सेलको पीडीएएफ रियर क्यामेरा प्रयोग भएको छ, जसमा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यो फोनको मूल्य अहिले कार्तुस टेक्नोलोजीले १०,९९९ रुपैयाँ तय गरेको छ । गत वर्ष सार्वजनिक भएको यो फोनको मूल्य यस अघि १०,८९० रुपैयाँ रहेको थियो ।
२. अनर एट एस
Picture credit: honor mobile
अनर एट एस पनि डुअल स्ट्याण्ड बाई फोरजी फोन नै हो । यसमा ५.७१ इञ्चको फूल भ्यू ड्यू ड्रप डिस्प्ले रहेको छ । दुई जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको यो फोनमा एसडीकार्डमार्फत ५२१ जीबीसम्म बढाउन सकिन्छ ।
यसमा एन्ड्रोइड ९.० पाइ ईएमयूआई ९.०.१ अपरेटिङ सिस्टम र मिडियाटेक एमटी ६७६ हेलियो ए २२, १२ एनएमको चिपसेट रहेको छ । यसमा १३ मेगापिक्सेलको वाइड अपार्चर रियर क्यामेरा दिइएको छ, जसमा पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
डुअल नानो सिम कार्ड र माइक्रो एसडी स्लट रहेको यो फोनमा ३०२० एमएएचको नन रिमुभेबल ब्याट्री रहेको छ । गत वर्ष जुलाईमा सार्वजनिक भएको यो फोनको मूल्य ११,५९० रुपैयाँबाट बढेर १२,५९९ पुगेको छ ।
३. अनर एट ए लाइट
Picture credit: honor mobile
६.०९ इञ्चको आईपीएस फूल भ्यू डिस्प्ले रहेको यो फोनमा तीन जीबी र्याम र ५१२ जीबीसम्म बढाउन मिल्ने ३२ जीबीको इन्टरनल स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड ९.० पाई ईएमयूआई ९.०.१ अपरेटिङ सिस्टमको साथमा मिडियाटेक एमटी ६७६५ अक्टा कोर प्रोसेसर चिपसेट रहेको छ ।
यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र आठ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । ३०२० एमएएचको नन रिमुभेबल ब्याट्री रहेको यो पनि फोर जी डुअल स्ट्याण्ड बाई फोन नै हो । नेपालमा यसै वर्षको सुरुवातमा भित्रिएको अनर एट ए लाइटको मूल्य १३,५९० रुपैयाँबाट बढेर १४,२९९ रुपैयाँ पुगेको छ ।
४. अनर एट ए प्रो
Picture credit: honor mobile
यसै वर्ष जुलाईमा सार्वजनिक भएको अनर एट ए प्रोको मूल्य अहिले १५, ६९९ रहेको छ । यो फोनको बारेमा कुरा गर्दा यसमा ६.०९ इञ्चको आईपीएस फूल भ्यू डिस्प्ले रहेको छ । तीन जीबी र्याम रहेको यो फोनमा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ, जसलाई ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।
यसमा रहेको अपरेटिङ सिस्टम एन्ड्रोइड ९.० पाई ईएमयूआई ९.०.१ हो । चिपसेटको कुरा गर्दा यो फोनमा मिडियाटेक एमटी ६७६५ अक्टाकोर प्रोसेसर राखिएको छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र आठ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।
फिंगरप्रिन्ट प्लस थ्रीडी फेसअनलक सेक्युरिटी फिचर रहेको अनर एट ए प्रो फोरजी डुअल स्ट्याण्डबाई फोन हो । ३०२० एमएएचको नन रिमूभेबल ब्याट्री रहेको यो फोन हालै सार्वजनिक भएका कारण मूल्यमा कुनै किसिमको परिवर्तन गरिएको छैन ।
५. अनर नाइन एक्स
Picture credit: honor mobile
६.५९ इञ्चको एलटीपीएस फूल भ्यू डिस्प्ले भएको यो फोनमा छ जीबी र्याम र १२८ जीबीको इन्टरनल स्टोरेज छ । जसलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड ९.० ईएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ ।
यसमा किरिन ७१० एफ अक्टा कोर प्रोसेसर रहेको छ । ४८ मेगा पिक्सेलको पीडीएएफ मेन क्यामेरा राखिएको यो फोनमा आठ मेगा पिक्सेलको अल्ट्रावाइड र दुई मेगापिक्सलको डेप्थ सेन्सर रियर क्यामेरा र १६ मेगापिक्सेलको पप अप क्यामेरा रहेको छ ।
यसमा फिंगरप्रिन्ट सेक्युरिटी फिचर पनि समावेश छ । चार हजार एमएएचको नन रिमूभेबल ब्याट्री सहित १० वाटको टाइप सी फास्ट चार्जरको सुविधा यसमा छ । यही वर्षको फेब्रुअरीमा नेपाल भित्रिएको यो फोनको मूल्य २८,९९० रुपैयाँबाट बढेर ३०,९९९ रुपैयाँ पुगेको छ ।