काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक कार्तुसले अनर वाचका विभिन्न मोडलको नयाँ सूची सार्वजनिक गरेको छ । ह्वावेको सब्सिडरी ब्राण्ड अनरले स्मार्टफोनसँगै स्मार्टवाचको अध्यावधिक मूल्यको विषयमा जानकारी बाहिर ल्याएको हो ।
यस्तो छ, उपलब्ध स्मार्टवाचको मूल्य र फिचरः
१. अनर ब्याण्ड
तस्वीरः अनर
अनर ब्याण्डमा ०.९५ इञ्चको एएमओएलईडी फुल कलर टचस्क्रीन डिस्प्ले रहेको छ । यसमा रियल टाइम मुटुको धड्कन नाप्ने, ५० मिटरसम्मको गहिराइसम्मको वाटर रेसिस्टेन्ट, स्टाइलिस वाच फेस, इन्टेलिजेन्स स्लिप डेटा रहेको छ ।
यस्तै स्वीम स्ट्रोक रिकग्निसन, टेन डिस्टिङ्क्ट फिटनेस मोड, फोन तथा म्यासेज रिमाइण्डर, रिमोट पिक्चर टेकिङ लगायतका फिचर जुनसुकै एन्ड्रोइड डिभाइसमा सपोर्ट गर्नसक्ने क्षमता समेत यो वाचमा रहेको छ । अनर ब्याण्ड एकपकट चार्ज गरेपछि १४ दिनसम्म प्रयोग गर्न सकिन्छ । कालो र निलो रंगमा उपलब्ध यो स्मार्टवाचको मूल्य ४,३५० रहेको छ ।
२. अनर ब्याण्ड फाइभआई
तस्वीरः अनर
यो स्मार्टवाचमा ०.९६ इञ्चको टीएफटी फूल कलर टचस्क्रीन डिस्प्ले रहेको छ । रियल टाइम हर्ट रेट मनिटर, ५० मिटर गहिराईसम्मको वाटर रेसिस्टेन्ट क्षमता, स्टाइलिस वाच फेस, इन्टेलिजेन्ट स्लिप डेटा यसमा छ ।
साथै स्वीम स्ट्रोक रिकग्निसन, टेन डिस्टिङ्क्ट फिटनेस मोड, फोन तथा म्यासेज रिमाइन्डर, रिमोट पिक्चर टेकिङ जस्ता फिचर रहेको यसले जुनसुकै एन्ड्रोइड डिभाइसलाई सपोर्ट गर्छ । एकपटक चार्ज गरेपछि नौ दिनसम्म चार्ज टिक्ने यो स्मार्टवाचको मूल्य ३,९९० रुपैयाँ रहेको छ । यो निलो र कालो रंगमा बजारमा उपलब्ध छ ।
३. अनर वाच
तस्वीरः अनर
१.२ इञ्चको एएमओएलईडी डिस्प्ले रहेको यो स्मार्टवाच प्रिमियम गुणस्तरमा उपलब्ध छ । यसको डिजाइन एकदमै ओरिजिनल छ । यसमा रियल टाइम हर्ट रेट मनिटर, ५० मिटर गहिराईसम्मको वाटर रेसिस्टेन्ट क्षमता, स्टाइलिस वाच फेस, इन्टेलिजेन्ट स्लिप डेटा, स्वीम स्ट्रोक रिकग्निसन र टेन डिस्टिङ्क्ट फिटनेस मोड रहेको छ ।
त्यस्तै फोन तथा म्यासेज रिमाइन्डर, रिमोट पिक्चर टेकिङ, परिवर्तन गर्न सकिने वाच स्ट्राप, हायर प्रिसिजन जीपीएस ट्रयाकिङ फिचरका साथ आएको यो स्मार्टवाचमा हाई इफिसियन्ट चिपसेट प्रयोग गरिएको छ । जुन सुकै एन्ड्रोइड डिभाइसमा सपोर्ट गर्नसक्ने यो घडी एकपटक फुल चार्ज गर्दा सात दिन टिक्छ । कालो रंगमा उपलब्ध यसको मूल्य १५,९९० रुपैयाँ रहेको छ ।
४. अनर म्याजिक वाच टु
तस्वीरः अनर
१.३९ इञ्चको एएमओएलईडी फुल कलर टचस्क्रीन डिस्प्ले भएको यो स्मार्टवाच पनि प्रिमियम गुणस्तरमा उपलब्ध छ । यसमा रियल टाइम हर्ट रेट मनिटर, ५० मिटर गहिराइसम्मको वाटर रेसिस्टेन्ट क्षमता, स्टाइलिस वाच फेस र इन्टेलिजेन्ट स्लिप डेटा जस्ता फिचर रहेका छन् ।
साथै स्वीम स्ट्रोक रिकग्निसन, टेन डिस्टिङ्क्ट फिटनेस मोड, फोन तथा म्यासेज रिमाइन्डर, रिमोट पिक्चर टेकिङ, परिवर्तन गर्न सकिने वाच स्ट्राप, हायर प्रिसिजन जीपीएस ट्रयाकिङ पनि यो स्मार्टवाचमा पाउन सकिनेछ । हाई इफिसियन्ट चिपसेट रहेको यो घडी पनि जुन सुकै एन्ड्रोइड डिभाइससँग मिल्छ । कालो रंगमा बजारमा आएको यो स्मार्टवाचको मूल्य २५,९९९ रुपैयाँ रहेको छ ।