काठमाडौं । कोरोनाभाइरसको अहिलेको समयमा लकडाउनको अन्त्य भए पनि अझैं पनि थुप्रै मानिसहरु घरबाटै अफिसको काम गरिरहेका छन् । लकडाउन सुरुभएदेखि अनलाइन प्लेटफर्ममाथिको नेपालीहरुको निर्भरता पहिलेको तुलनामा निकै धेरै मात्रामा बढेको छ ।
त्यसो त कोभिड १९ को यस्तो साइड इफेक्ट अरु देशमा पनि यस्तै छ । ह्याकरहरु पनि यसैलाई मौकको रुपमा हेरिरहेका छन् र मानिसहरुलाई अनलाइन ठगीको सिकार बनाइरहेका छन् ।
अनलाइन शपिङदेखि लिएर बैंकको कारोबार सबै अनलाइनमा स्थानान्तरण हुँदै गइरहेको छ । यस्तोमा आज हामी तपाईंका लागि केही यस्ता महत्वपूर्ण टिप्स बताउँदैछौं, ता कि तपाईंलाई अनलाइनमा कसैले ठग्न सक्ने छैन ।
यस्ता गल्ती कहिल्यै नगर्नुहोस्
कुनै अपरिचित व्यक्तिले पठाएको लिङ्क तथा अट्याचमेण्ट सकेसम्म खोल्दै नखोल्नुहोस् ।
अरु कसैलाई आफ्नो अकाउण्टको पासवर्ड कहिल्यै शेयर नगर्नुहोस् ।
अनलाइन बैंकिङको काम सकिने वित्तिकै तुरुन्तै लगआउट गर्नुहोस् ।
सामाजिक सञ्जालका कुनै पनि माध्यममा जन्म मिति, ठेगाना, फोन नम्बर जस्ता व्यक्तिगत जानकारीहरु शेयर नगर्नुहोस् । किन भने यसको सजिलैसँग गलत प्रयोग हुन सक्छ । अनलाइन ठगीमा समेत पर्न सक्नुहुन्छ ।
यी विषयमा ध्यान दिनुहोस्
आफ्नो पासवर्डमा कहिल्यै पनि आफ्नो नाम, जन्म मिति तथा फोन नम्बरको प्रयोग नगर्नुहोस् ।
आफ्नो अकाउण्टको पासवर्ड यस्तो बनाउनुहोस् कि त्यसमा तपाईंको बारेमा कुनै पनि किसिमको अन्दाज गर्न सक्ने विषय नहोस् ।
यहाँ क्लिक गरेर आफ्नो पासवर्ड कत्तिको बलियो छ भन्नेमा जानकारी लिनुहोस् र बलियो पासवर्ड राख्ने टिप्स थाहा पाइराख्नुहोस् ।
समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने गर्नुहोस्, ता कि कसैले चोर्न नसकोस् ।
आफ्नो व्यक्तिगत डिभाइस वा सिस्टमको एक्सेस आफूलाई पूर्ण भरोसा लागेका व्यक्तिलाई मात्र दिने गर्नुहोस् ।
कुनै पनि अपरिचित व्यक्तिलाई आफ्नो सिस्टमको प्रयोग गर्न नदिनुहोस् ।
आफ्नो सिस्टम तथा डिभाइसमा सधैं एण्टी भाइरस राख्ने गर्नुहोस् ।