काठमाडौं । कोभिड १९ को त्राससँगै महिनौंसम्मको लकडाउनले हरेक व्यवसाय नराम्ररी खुम्चिएका छन् । नेपालमै फरक र नवीन सोचले काम थालेका अधिकांश व्यवसायीहरुमा त एकप्रकारको सन्नाटा नै छाएको छ । अब फेरि कसरी अघि बढ्ने हो भन्ने चिन्ता उनीहरुमा छ ।
यसैबीच अनलाइन अर्डरमा खाना तथा खाजाको डेलिभरी सेवा दिँदै आएको स्टार्टअप फूडमारियोका सीईओ रोहित तिवारीले अगस्ट ६ मा एउटा ट्वीट गरे । उनले ट्वीटरमा लेखेका थिए, ‘ट्वीटरमा नेपाली ब्राण्डहरु धेरै उदास छन् । रमाइलोका लागि ट्वीटर वार सुरु हुने पर्खाइमा म छु ।’
All the brands are so boring on Twitter in Nepal, I m waiting for the fun Twitter wars to start. CC: @globalfoodmario
यसपछि फूडमारियाको अफिसियल ट्वीटर ह्यान्डल @globalfoodmario बाट यस्तै ट्वीट आयो । जसमा लेखिएको छ, ‘हामी सोच्छौं खाना अफर गर्नु जहाँसम्म खुशी अफर गर्नु नै हो ।’
We thought, offering food is offering happiness until! CC: @OHappiness_
फूडमारियोको योे ट्वीटपछि केही नेपाली स्टार्टअप ब्राण्डहरुले रिट्वीट र कमेन्ट तथा रिप्लाई गर्न थाले । कमेन्टमै रमाइलो अन्तर्क्रिया हुन थाल्यो । रमाइलो र ठट्यौली पारामा आफ्नो कम्पनीको मार्केटिङ गर्न थाले ।
यसपछि भने ‘नेपाली ब्राण्ड्स इन ट्वीटर’ ह्यासट्यागमा ट्वीट गर्ने क्रम नै सुरु भयो । ट्वीटरमा नेपालकाे ट्रेन्डिङमा समेत पुगेको यो अभियानको समर्थनमा धेरैले ट्वीट, रिट्वीट र कमेन्ट गरे ।अहिलेसम्म हजारौं पटक यो ह्यास ट्याग प्रयोग भइसकेको छ ।
आफ्नो व्यवसायको प्रवर्द्धनमा कम्पनीहरुले रमाइला ट्वीट गर्न थालेका छन् । कतिपय ब्राण्डहरुले कोभिड १९ जस्तो विपत्तिको समयमा व्यवसायहरुबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्ने भनेर ट्वीट गर्ने गरेका छन् ।
ट्वीटरमा देखिएको यो अभियानले पक्कै पनि नेपाली ब्राण्डहरुलाई प्रोत्साहन मिल्नेछ । एकअर्काको प्रतिस्पर्धी ठान्ने र खुट्टा तान्ने प्रवृत्तिले कसैलाई पनि लाभ पुग्दैन । कोभिड १९ पछि सुस्ताएको नेपाली व्यवसायलाई पुनःः जागरुक बनाउन यस्ता अभियानले केही हौसला अवश्य भर्नेछ ।
Thank you for the Solidarity and Love. Here's an offer for you all. Get a .COM domain for just Nrs. 977 Use Coupon Code: NepaliBrandsInTwitter Pay via @KhaltiOfficialpic.twitter.com/lmB3qz2GgI
— Cloud977 – Cloud Service Provider in Nepal (@Cloud977Np) August 9, 2020
#nepalibrandsintwitter brought community together, however long it may last, it brought the "WE" in all of us than "I" or "ME". I was not aware of these many great minds existed, if we continue the passion of #TogetherWeCan we all win. let's collaborate for better. Who is in?