close

फोटो वास्तविक हो कि ‘एडिटेड’ ? अब एडोब फोटोसपले नै पत्ता लगाइदिने छ

टेकपाना टेकपाना

साउन ३२, २०७७ १५:२७

फोटो वास्तविक हो कि ‘एडिटेड’ ? अब एडोब फोटोसपले नै पत्ता लगाइदिने छ

काठमाडाैं । फोटोसप अमेरिकी सफ्टवेयर कम्पनी एडोबको चर्चित फोटा एडिटिङ सफ्टेयर हो । यस वर्षको अन्त्यसम्ममा फाेटाेसपले एउटा नयाँ फिचर ल्याउने तयारी गरिरहेकाे छ ।

यसअन्तर्गत फोटोसपभित्र एउटा यस्तो प्रविधि राखिने छ, जसले तस्वीरका धेरै डुप्लिकेट हुन नदिन तस्वीरसँग सम्बन्धि सबै विवरणहरु ट्याग गर्नेछ । 

एडोब फोटोसपले गत वर्षदेखि ट्वीटर र द न्यू योर्क टाइम्ससँगको साझेदारीमा आफ्नो ‘कन्टेन्ट अथेन्टिसिटी इनिसिएटिभ’ काम गर्दै आइरहेको छ । यसको अर्थ कम्पनीले फोटोसपबाट एडिट गरिएका हरेक फोटोहरुको मूल स्रोतलाई सम्मान दिन खोजेको हो ।

गत हप्ता एडोब फोटोसपले आफ्नो ह्वाइट पेपर सार्वजनिक गरेको थियो, जसमा उसले तयार गरेको एउटा खुल्ला मापदण्ड पनि संग्रहित छ ।

उक्त खुल्ला मापदण्ड तस्वीर, भिडियो र अन्य मिडियालाई लोकेसन, टाइम स्ट्याम्पहरुसँग ट्याग गर्नेसँग सम्बन्धित छ। तस्वीर कसले खिचेकाे र कसले एडिट गरेको हो भनेर थाहा पाउन याे प्रविधि ल्याउन लागिएकाे हाे ।

साथै एडोब फोटोसपले यस वर्षको अन्त्यसम्म फोटोसपको प्रिभ्यू रिलिजमा एउटा प्रविधि तयार पार्ने बताएको छ । अनलाइनमा फैलिने भ्रामक जानकारी तथा तस्वीरहरुका कारण उत्पन्न समस्या र चुनाैतीलाई ध्यानमा राखेर कम्पनीले यस प्रकारको प्रविधि ल्याएकाे बताएकाे छ ।  

‘यदि समाचारमा आउने कुनैपनि सामाग्री ‘सीएआई अट्याचमेन्ट’बिना आयो भने तपाईले त्यसमाथि आशंका गर्नसक्नु हुनेछ वा त्यस्ता सामाग्रीलाई भरोसा नगर्न सक्नुहुनेछ,’ एडोबको मापदण्ड शाखा सम्हाल्ने अधिकारी एन्डी पार्सनले भने ।

उनी थप्छन्, ‘सीएआई सिस्टमअन्तर्गत, फोटोसप वा अन्य सफ्टवेयरले तस्वीर वा अन्य सामाग्रीमा मेटाडेटा थप गर्नेछ, जसबाट उक्त सामाग्रीभित्रका मुख्य विवरणहरु पनि लगइन हुनेछ ।’

यसको सजिलो उदाहरण भनेको ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुलाई उसको प्लेटफर्ममा पोस्ट भएका भिडियो वा तस्वीरहरुमा रहेका ट्यागलालई निरीक्षण गर्न अनुमति दिन्छ । यस्तै भ्रामक जानकारी वा कोभिडसम्बन्धी अफवाह फैलाउने पोस्ट वा सामाग्रीमाथि चेतावनी दिन कम्पनीले प्रविधिको विकास गरेको उनले बताए ।

यदि कुनै पनि वेबसाइटले बमबारी जस्ता घटनामा छुट्टै क्षेत्रको पुरानो तस्वीरहरु प्रयोग गर्‍यो भने त्यस्ता पोस्टमा चेतावनी संकेत देखापर्नेछ । तर प्रयोगकर्ताका लागि यस किसिमको प्रविधिलाई आफ्नो सिस्टममा राख्न टेक कम्पनी कतिको इच्छुक छन् भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

उक्त प्रविधि परीक्षण गर्ने सवालमा ट्वीटर मौन बसेको छ । यस्तै फेसबुकले पनि कुनै प्रतिक्रिया दिएको छैन । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०