close

नेपालको झण्डा जलाएर युट्युव भिडियो बनाउने ग्याल्जोम दोर्जे सहित ९ जना पक्राउ

टेकपाना टेकपाना

भदौ ३, २०७७ १२:८

नेपालको झण्डा जलाएर युट्युव भिडियो बनाउने ग्याल्जोम दोर्जे सहित ९ जना पक्राउ

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर युट्युव भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङ सहितका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार मंगोल हप अफिसियल युट्युव च्यानलबाट नेपाली झण्डा जलाइएको म्युजिक भिडियो अपलोड भएको थियो । पक्राउ पर्नेहरु बिरुद्ध थप अनुसन्धान गरी कानूनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

नेपालको राष्ट्रियता र जातीय सद्भाववि खलल पुर्‍याएकाे भन्दै उक्त म्युजिक भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । ‘देशद्रोही’ शीर्षकको उक्त गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य समावेश छ भने र बाहुन/क्षेत्री जातीमाथि घृणा उत्पन्न हुने शब्दहरु प्रयोग भएका छन् ।

याप शैलीमा गाइएको गीतमा निकै तुच्छ र अपमानजनक शब्द प्रयोग गरिएको छ, जुन समाचारमा उल्लेख गर्नसमेत मिल्दैन । करिब साढे ४ मिनेटको भिडियोमा देशको झण्डा जलाउनुका साथै नेता र पूर्वराजाको फोटो पनि जलाइएको दृश्य छ ।

यो गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको बुझिएको छ । नकारात्मक कमेन्टले भरिएको यो म्युजिक भिडियो अपलोड गरिएको दुई दिनको अवधिमै करिब ८ लाखभन्दा धेरै पटक हेरिएको थियो ।

मंगोल हप अफिसियल युट्युव च्यानलबाट हटाइएको उक्त म्युजिक भिडियो अहिले अन्य च्यानलहरुबाट अपलोड भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०