गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । विश्वमा प्रयोग हुने ८४ प्रतिशत स्मार्टफोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित हुन् ।
गुगलको आफ्नै अनुसन्धान समूह प्रोजेक्ट जिरोले एन्ड्रोइडमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएको हो । यसको नाम ‘जिरो डे’ दिइएको छ ।
इजरायलको एक गैरसरकारी संस्थाले यसलाई फैलाएको अनुमान छ ।
सुरक्षा कमजोरीका कारण गुगलको एन्ड्रोइड ८ र त्यसपछिका भर्सन प्रयोग हुने स्मार्टफोनहरु प्रभावित बनेको जनाइएको छ ।
गुगलका अनुसार एन्ड्रोइडमा देखिएको सुरक्षा कमजोरीले निम्न स्मार्टफोन मोडलमा समस्या देखिएको छ :
- सामसङ एस सेभेन
- सामसङ एस एट
- सामसङ एस नाइन
- एलजी ओरियो
- मोटो जेड थ्री
- ओप्पो ए थ्री
- साओमी एमआई ए वान
- साओामी रेडमी नोट फाइभ
- साओमी रेडमी फाइभ ए
- हुवावे पी ट्वान्टी
- गुगल पिक्सेल टु
यो सुरक्षा कमजोरीका कारण फोनको तथ्यांक चुहावट हुन सक्ने गुगलले जनाएको छ । यदि तपाईंले यी स्मार्टफोन मोडलहरु बोक्नु हुन्छ भने गुगलले उपलब्ध गराएको सुरक्षा अपडेट ((प्याच) अपडेट गराइहाल्नुस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
