close

कर छली मुद्दामा फ्रान्सलाई १०६ मिलियन यूरो तिर्न फेसबुक तयार

टेकपाना टेकपाना

भदौ ९, २०७७ १९:५६

कर छली मुद्दामा फ्रान्सलाई १०६ मिलियन यूरो तिर्न फेसबुक तयार

काठमाडौं । फेसबुकले सन् २००९ देखि फ्रान्समा गरेको आरोबारको कर बापत् सरकारलाई १०६ मिलियन यूरो अर्थात १२५ मिलियन डलर तिर्न तयार भएको छ । फेसबुक र फ्रान्स सरकारबीच केही समयदेखि कर विवाद चलिरहेको थियो ।

फेसबुकले सन् २०२० मा गरेको कारोबारको मात्रै थप ८.४६ मिलियन यूरो तिर्न तयार रहेको जनाएको छ । यो सन् २०१९ मा फेसबुकले तिरेको कर भन्दा ५० प्रतिशत बढी रकम हो ।

‘हामीले कारोबार गरेका हरेक देशमा कर तिर्नको लागि तयार छौं,’ फेसबुककी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ,‘हामीले तिर्नुपर्ने कर हामी हरेक देशलाई तिर्छौं ।’

फ्रान्स सरकारले पछिल्लो समय फेसबुक सहित सबै प्रविधि कम्पनीलाई आप्mनो देशमा गर्ने कारोबारको कर तिर्नको लागि दबाब दिइरहेको छ । गुगल, एप्पल, अमेजनजस्ता अन्य अमेरिकी प्रविधि कम्पनीले पनि फ्रान्स सरकारसँग कर तिर्ने सहमति गरिसकेका छन् तर तिनको विवरण सार्वजनिक गरिएको छैन ।

फ्रान्सले गत वर्षदेखि डिजिटल सर्भिस ट्याक्स सम्बन्धी नयाँ कानुन लागू गरेको थियो । यो कानुन अनुसार प्रविधि कम्पनीले फ्रान्समा कमाएको आम्दानीको ३ प्रतिशत रकम हरेक वर्षको अप्रिल र नोभेम्बरमा बुझाउनुपर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३