close

इन्स्टाग्राममा तीन तरिकाले यसरी गर्नुहोस् रियाक्सन

टेकपाना टेकपाना

भदौ १०, २०७७ १७:४२

इन्स्टाग्राममा तीन तरिकाले यसरी गर्नुहोस् रियाक्सन

काठमाडौं । यदि तपाईं इन्स्टाग्राममा नयाँ हुनुहुन्छ र पहिलो पटक इन्स्टाग्रामको स्टोरी हेर्दै हुनुहुन्छ भने स्टोरीमा रियाक्सन दिन तपाईंलाई समस्या हुनसक्छ ।

इन्स्टाग्राममा रियाक्सनले कसरी काम गर्छ भन्ने कुरा पनि तपाईंको लागि नयाँ हुन सक्छ । आज हामी तपाईंलाई इन्स्टाग्राममा दिइने रियाक्सनका तरिका र यसको बारेमा बताउँदैछौं । 

इन्स्टाग्राममा स्टोरी २४ घण्टासम्म रहन्छ । याे अवधिभित्र तपाईंले स्टोरीमा रियाक्ट गर्न सक्नुहुन्छ ।  

कसैको स्टोरीमा कसरी रियाक्ट गर्ने र रियाक्ट गरेपछि के हुन्छ आज हामी तपाईंलाई बताउँछौं । 

इन्स्टाग्राममा कसरी स्टोरी रियाक्ट गर्ने ?

स्टोरीमा रियाक्ट गर्ने विभिन्न तरिकाहरु हुन्छन् । ती तरिकाहरु निम्न छन् । 

जब तपाईं इन्स्टामा आफूलाई रियाक्ट गर्न मन परेको स्टोरी देख्नुहुन्छ । बटममा रहेको म्यासेज बारमा ट्याप गर्नुहोस् । अर्को तरिका भनेको स्क्रीनलाई बटमबाट स्वाइप अप गर्नुहोस् ।

त्यहाँबाट तीन किसिमका रेस्पोन्सहरु रहेका हुन्छन् । आफूलाई मन परेको चयन गर्नुहोस् । ती तीन प्रकारका रेसपोन्सहरु निम्न छन् । 

१. क्वीक रियाक्सन: यो रेस्पोन्स सेग्मेन्टमा तपाईंले आफ्नो स्क्रीनमा इमोजीहरुको कलेक्सन देख्न सक्नुहुन्छ । जसमा खुशीको आँसु, आश्चर्य, हार्ट आई, राेएको अनुहार, थप्पडी बजाएको हात, आगो, पार्टी पूपर र हन्ड्रेड हुन्छन् । यीमध्ये आफूलाई इच्छा लागेको इमोजी चयन गरेर रियाक्ट गर्नुहोस् ।

२. रिटन म्यासेज: म्यासेज बारमा म्यासेज टेक्स्ट गरेर पनि तपाईंले रिप्लाई पठाउन सक्नुहुन्छ । 

३. गिफ तथा स्टिकर: म्यासेज बारमा रहेको गिफ आइकन चयन गरेर आफूले खोजेको स्टिकर वा गिफ टाइप गरी चयन गरेर पठाउन सक्नुहुन्छ ।

तपाईंले जुनसुकै रियाक्सन चयन गरेपनि त्यो रियाक्सन वा म्यासेज सो व्यक्तिको डाइरेक्ट इनबक्समा पुग्छ । यसरी तपाईंले आफ्नो रियाक्सनमा लाइक गर्न सक्नुहुन्छ र निरन्तर वार्तालाप गर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् : यसरी पिन गर्नुहोस् इन्स्टाग्रामको कमेन्ट

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३