close

आज राति टेलिकमको सेवा प्रभावित हुनसक्ने

टेकपाना टेकपाना

भदौ ११, २०७७ २२:४८

आज राति टेलिकमको सेवा प्रभावित हुनसक्ने

काठमाडौं । आज मध्यराति नेपाल टेलिकमको सेवामा समस्या आउन सक्ने देखिएको छ । सिस्टम मर्मत सम्भारका कारण मध्यरात १२ बजेपश्चात करिब आधा घण्टा कम्पनीको सेवा प्रभावित हुनसक्ने देखिएको हो ।

टेलिकमले जारी गरेको सूचनाअनुसार त्यस समय प्याकेज सब्स्क्रिप्सन तथा बाँकी रहेको भोलुम इन्क्वेरीमा केही समस्या आउन सक्नेछ । यसबाहेकका अन्य सेवा भने यथावत रुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।

‘यसबाट ग्राहक वर्गमा पुग्न जाने असुविधाको लागि कम्पनी क्षमाप्रार्थी छ,’ कम्पनीद्धारा जारी सूचनामा भनिएको छ । मर्मत सम्भारको काम पश्चात भने कम्पनीका सबै सेवा यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०