close

रेड्मी नोट नाइन प्रो बन्यो एन्ड्रोइड इन्टरप्राइजमा सूचीकृत पहिलो एमआईयूआई डिभाइस

टेकपाना टेकपाना

भदौ १३, २०७७ २२:४

रेड्मी नोट नाइन प्रो बन्यो एन्ड्रोइड इन्टरप्राइजमा सूचीकृत पहिलो एमआईयूआई डिभाइस

काठमाडौं । गूगलले दुई वर्ष अघि ‘एण्ड्रोइड इन्टरप्राइज रिकमन्डेड’ कार्यक्रम सुरु गरेको थियो । जसको उद्देश्य व्यवसायहरुका लागि उपयुक्त फोन छनौट गर्न सहयोग पुर्‍याउनु थियो ।

कार्यक्रमको घोषणा भएयता कम्पनीले दर्जनौं स्मार्टफोनलाई यो सूचीमा समेटिसकेको छ । सामान्यतयाः यो अवार्ड राम्रो सफ्टवेयर तथा स्वीकार योग्य हार्डवेयर भएका स्मार्टफोनहरुलाई प्रदान गर्ने गरिएको छ ।

केही दिन अघि मात्र कम्पनीले भर्खरै सार्वजनिक वान प्लस एटलाई यो सूचीमा राखेको थियो । अहिले आएर रेड्मी नोट नाइन प्रो समेत त्यसमा थपिएको छ ।

यससँगै यो सूचीमा स्थान बनाउनेमा एमआईयूआई स्मार्टफोनमा रेड्मी नोट नाइन प्रो पहिलो बन्न सफल भएको छ । यद्यपी यो सूचीमा प्रवेश गर्ने साओमीको यो नै पहिलो फोन भने होइन ।

साओमी एमआई ए टू, एमआई ए टू लाइट र एमआई ए थ्रीले यस अघि नै एन्ड्रोइड इन्टरप्राइज प्रोग्राममा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । के तपाईंलाई थाहा छ, यी फोनमा भएको समान विषय के हो ?

यी सबै एण्ड्रोइड वानमा रन भइरहेका छन् । यो सूचीमा उल्लेख हुनु नै कम्पनीका लागि गर्वको ठूलो विषय भने होइन । यसपछि यी फोनमा कम्पनीको एमआईयूआई सफ्टवेयर रहँदैन । 

रेड्मी नोट नाइन प्रोको यो सूचीमा आगमन हुनुको अर्थ के हो भने अबको दिनमा एमआईयूआई भएका अन्य डिभाइसहरु समेत एन्ड्रोइड इन्टरप्राइज रेकमन्डेसनको ग्याङमा जोडिनेछन् ।

यसमा आवद्ध हुन डिभाइसहरुमा जेरो टच इनरोलमेन्टको सपोर्ट, अनलक मोडेलको उपलब्धता र न्यूनतम तीन वर्षको अवधिका लागि गूगलले सार्वजनिक गर्ने एन्ड्रोइड सेक्युरिटी अपडेट कम्तिमा ९० दिनभित्र डेलिभरी जरुरी हुन्छ । 

एमआईयूआई चिनियाँ इलेक्ट्रोनिक्स उत्पादक साओमीले विकास गरेका स्मार्टफोन र ट्याब्लेट तथा कम्प्युटरका लागि तयार पारिएको एन्ड्रोइडमा आधारित अपरेटिङ सिस्टम हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि एउटा काँटा जस्तै हो । यसमा विभिन्न थीम सपोर्ट जस्ता अनेकौं फीचरहरु रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०