close

एसिया क्षेत्रको क्लाउड शिक्षा र सीप विकासमा लगानी गर्दै ह्वावे

टेकपाना टेकपाना

भदौ १६, २०७७ ८:१४

एसिया क्षेत्रको क्लाउड शिक्षा र सीप विकासमा लगानी गर्दै ह्वावे

काठमाडौं । विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । मानिसकाे दैनिकी प्रविधिकै वरीपरी घुमिरहेकाे छ । बिग डेटा र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन पद्दतिलाई सहज, उत्तरदायी र स्वायत्त बनाइरहेको छ ।

इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिका कारण याे सम्भव भएको हो । प्रविधिको विकास र प्रयोगसँगै चुनौती पनिसँग उब्जिएको छ । कोर्नफेरीले गरेको एक अध्ययन अनुसार एसियाली क्षेत्रमा २०३० सम्ममा ४७ लाख दक्ष प्राविधिक अभाव हुनेछ ।

पिडब्लुसीको २० औं सीईओ सर्वेक्षणअनुसार एसिया प्यासिफिकका ५० प्रतिशत भन्दा बढी सीईओलाई दक्ष प्राविधिक पाउन कठिन हुनेछ ।

यसैबीच दूरसञ्चार उपकरण र स्मार्टफाेन निर्माता ह्वावेले अहिलेको विषम परिस्थितमा पनि शिक्षा क्षेत्रमा देखा परेको चुनौतीलाई समाधान गर्न दूर शिक्षालाई सहज र प्राविधिक सीप विकासमा अग्रसरता देखाएकाे छ ।

क्लाउडको माध्यमबाट शिक्षा

ह्वावेले विद्यार्थी र प्रोफेसनलहरुका लागि कनेक्टिभिटी र ईशिक्षा प्रदान गर्न मद्धत गरिरहेको छ । जसको प्रयोग बंगलादेशमा भइरहेको छ । बंगलादेशमा बिजोए डिजिटल र यूनेस्कोसँगको सहकार्यमा कम्पनीले डिजिटल समाधान प्रदान गर्न र दूर शिक्षाको लागि सहज बनाउने काम गरिरहेको छ ।

यसका साथै अनलाइन शिक्षा प्रणाली व्यवस्थापनका लागि इन्डोनेसियामा ह्वावे क्लाउड र यू लर्निङका लागि साझेदारी भइसकेको छ ।

ह्वावेले शिक्षा सँगसँगै एआई हेल्थ केयर र क्लाउडमा आधारित उद्यम गरि तीनवटा आधारभूत सेवा सँगसँगै अघि बढाएको छ । यसको उद्देश्य कोभिड १९ सँग आफ्ना ग्राहकलाई जुध्नको लागि सहयोग पुगोस भन्ने हो ।

ह्वावेको क्लाउड प्लेटफर्ममा आधारित दूर शिक्षा प्रणालीले अडियो, भिडियो र च्याट रुममार्फत शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गर्न सहज हुनेछ ।

अनलाइन सामाग्रीहरुले पाठ्यक्रम विकासको दक्षता बढाउनुको साथै शिक्षकलाई टाढै रहेर काम गर्न र शैक्षिक सामाग्री प्रदान गर्न सहयोग पुर्‍याउने छ । कम ल्याटेन्सी एचडी–भिओडि प्रयोग गरी विद्यार्थीलाई आफै सिक्नका लागि यसले प्रोत्साहन गर्नेछ । यस प्लाटफर्ममार्फत शैक्षिक सामाग्री छिटो वितरण गर्न, अनलाईन परीक्षा लिन र सिकाइ प्रगति निगरानी गर्न सकिन्छ ।

क्षेत्रिय साझेदारी

सिंगापुरमा उद्घाटन भएको अनलाईन ह्वावे इकोसिस्टम शिखर सम्मेलन २०२० मार्फत ह्वावेले एक सय ४० भन्दा बढी अनलाईन कोर्स भएको भर्चुअल एआई एकाडेमिको घोषणा गरेको छ । यसले सिंगापुरमा आईटी प्रोफेसनल र एसएमई डिजिटलाइजेसनको प्रशिक्षणमा मद्धत पुर्‍याउने विश्वास लिइएको छ ।

यस्तै किसिमका कार्यक्रम मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया र फिलिपिन्स जस्ता एसिया प्यासिफिक देशहरुमा स्थापना गरिएको छ । जसले राष्ट्रिय डिजिटल प्रतिभा ईकोसिस्टम निमार्णमा ठूलो योगदान पुर्‍याउने छ ।

त्यसका लागि ह्वावेले छुट्टै प्रोगाम नै डिजाइन गरेको छ, जसमार्फत क्षमतावान कामदार निकाल्न सकिने छ । यो प्रोगामलाई ह्वावले आईसीटी एकाडेमी सहयोग परियोजनामा समावेश गरेको छ ।

मुख्यतया: विद्यार्थीका लागि आफ्ना सीप विकास गर्न, यसको लागि मान्यता प्राप्त गर्न र तुरून्त उनीहरूको रुचिको क्षेत्रमा रोजगारीका अवसर सुरक्षित गर्न याे कार्यले मद्दत पुग्ने विश्वास कम्पनीले लिएकाे छ ।।

द यूनिभर्सिटी अफ मलेसिया, मलेसियाको सबैभन्दा पुरानोे र उच्च श्रेणीमा पर्ने विश्वविद्यालय हो । यसले शिक्षण सामग्री सुधार गर्न, विद्यार्थीको ज्ञानलाई सुदृढ पार्न, र उनीहरूको सीप सुधार गर्न ह्वावेकोे ज्ञान प्रयोग गरेको छ ।

चौथो ह्वावे आईसिटी प्रतियोगिताको ग्लोबल फाइनलमा द युनिभर्सिटि अफ मलेसियाले ३० देशका ६५ युनिभर्सिटीसँग प्रतिस्पर्धा गरी नेटवर्क प्रतियोगितामा पहिलो पुरस्कार समेत जितेको थियो ।

‘मलेसियामा रहेको द ह्वावे आसियन एकाडेमिले आईसिटी विकासको माध्यमबाट डिजिटल आर्थिक वृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ,’ मलेसियाका सूचना तथा सञ्चारमन्त्री वाइ बी डाटो सईफुदीन अब्दुल्लाहले भनेका छन, ‘यसले पहिलेभन्दा बढि स्थानीय प्रतिभालाई प्रोत्साहन गरेको छ भने उनिहरुको सुनिश्चित भविष्य कोर्न सफल भएको छ ।’

सीप विकास

यस वर्ष ह्वावेले दाेस्राे संस्करणकाे ह्वावे आईसिटी एकाडेमि कार्यक्रमको आधिकारिक घोषणा गरेको छ । जसको उद्देश्य २० लाख आईसिटी प्रोफेसनल विकास गर्ने र आगामी पाँच बर्षमा विश्वविद्यालयसँगको सहकार्य गरेर डिजिटल सीप प्रदान गर्नु हो ।

ह्वावेले ह्वावे आईसीटी एकाडेमी विकास प्रोत्साहन कोष (एडीआईएफ) स्थापना गर्नेछ, जसको लागि कम्तिमा ५ करोड अमेरिकन डलरको लगानी आगामी पाँच वर्षमा गर्ने छ ।

जुलाईमा ह्वावे इन्डोनेसियाले शिक्षा र संस्कृति मन्त्रालयसँग ई–लर्निङ प्लेटफर्म, आईसीटी प्रशिक्षण, प्रतियोगिता, विद्यार्थी इन्टर्नशीप र संयुक्त अनुसन्धानमा विश्वविद्यालयसँग सहकार्य गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

‘डिजिटल अर्थतन्त्र भनेको देशको आर्थिक वृद्धिलाई असर पार्ने कारक तत्व हो,’ इन्डोनेसियाको शिक्षा र संस्कृति मन्त्रालय अन्तर्गत उच्च शिक्षा विभागका कार्यवाहक महानिर्देशक प्राध्यापक इर निजामले भनेका छन्, ‘यो सहकार्य एकदम महत्वपूर्ण छ किनकि यो आईसीटी क्षेत्रमा सक्षम मानव संसाधनको आवश्यकतासँग सम्बन्धित छ ।’

ह्वावेको टेक्नोलोजी र विशेषज्ञ सहयोगले विश्वविद्यालयमा डिजिटल रूपान्तरण प्रगतिलाई ठूलो सहयोग पुर्‍याउने र इन्डोनेसियामा उच्च शिक्षाको विश्वव्यापी प्रतिस्पर्धामा सुधार ल्याउने विश्वास उनले लिए ।

ह्वावेले विश्वव्यापी रुपमै प्रमाणपत्र सहितको प्रशिक्षण प्रदान गर्नुका साथै साझेदारको रुपमा काम गर्दै आएको छ । जसमार्फत आईसीटी उद्योगको लागि आवश्यक प्रतिभा तयार पार्न मद्धत पुग्नेछ ।

*ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले प्राविधिक शिक्षामा ह्वावेले चालेकाे कदम बारे दिएकाे धारणा हामीलाई ह्वावेले उपलब्ध गराएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०