close

फोनमा इन्टरनेट स्लो चल्ने वा प्ले स्टोर क्य्राश हुने समस्या छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २२, २०७७ २१:५१

फोनमा इन्टरनेट स्लो चल्ने वा प्ले स्टोर क्य्राश हुने समस्या छ ? यसो गर्नुहोस्

आजकल स्मार्टफोन हाम्रो जीवनको एक अभिन्न हिस्सा बनिसकेको छ । यदि यसमा थोरै मात्र पनि कुनै खराबी आयो भने हामीलाई तनाव सुरु हुन्छ ।

एण्ड्रोइड स्मार्टफोनको प्रयोग गरिरहनुभएको छ भने सामान्यता बेलाबखत इन्टरनेट स्पीड कम भएको महसुस गर्नु भएको छ होला । कहिले काहिँ क्यामेराले काम गर्न छोड्छ र एप पनि बेलाबेलामा क्र्याश हुन थाल्छ ।

यदि तपाईंलाई पनि यस किसिमको समस्याले हैरानी दिइरहेको छ भने निराश नहुनुहोस् । यसको सजिलो समाधान आज हामी तपाईंलाई बताउँदै छौं । यदि तपाईंले चाहनु भयो भने यस किसिमको समस्या आफैं समाधान गर्न सक्नुहुनेछ ।

मोबाइलमा इन्टरनेट स्पीड बढाउन के गर्ने ?

यदि तपाईं फोरजी नेटवर्कको सम्पर्कमा हुँदा समेत इन्टरनेट स्पीड राम्रोसँग प्राप्त भइरहेको छैन भने यस्तो समस्या नेटवर्कका साथै तपाईंको फोनकै कारणले समेत उत्पन्न भइरहेको हुनसक्छ ।

यस्तो अवस्थामा तपाईं नेटवर्क सिग्नल स्पीड बूस्टर, नेट अप्टिमाइजर, ड्रोइड अप्टिमाइजर जस्ता एपहरुको सहयोग लिन सक्नुहुन्छ । यसका साथै भाइरस स्क्यान गर्नुभयो भने अझ राम्रो । इन्टरनेट ब्राउजिङको बखत भाइरस आउने खतरा हुन्छ ।

यस्ता भाइरसले इन्टरनेट स्पीडलाई स्लो बनाइरहेका हुन्छन् । यस्तोमा भाइरस स्क्यानर तथा एन्टीभाइरसले तपाईंलाई सघाउन सक्छन् ।

धेरै दिनदेखि लगातार रुपमा फोन प्रयोग गरिरहनु भएको छ भने एक पटक बन्द गरेर राख्नुहोस् र केही मिनेट पछि अन गर्नुहोस् । यसो गर्दा तपाईंको समस्या केही हदसम्म अवश्य समाधान हुनेछ ।

गूगल प्ले स्टोर क्य्राश हुने समस्याको समाधान

कतिपय समय तपाईं गेम वा एप डाउनलोड गर्न गुगल प्ले स्टोरमा जानुहुन्छ । तर गुगल प्ले स्टोर बारम्बार क्र्याश भइदिन्छ ।

यदि तपाईंले पनि यस्तै समस्या खेपिरहनु भएको छ भने यसलाई सहजै समाधान गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले फोनको सेटिङमा जानुहोस् । त्यहाँ रहेको एप्सभित्र प्रवेश गर्नुहोस् र म्यानेज एपको अप्सन छनौट गर्नुहोस् ।

त्यहाँ तपाईंले स्क्रोल गर्नुभयो भने गूगल सर्भिस फ्रेमवर्क एप देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् र त्यसको स्टोरेजमा गएर डेटा क्लियर गरिदिनुहोस् । त्यस्तै भर्खरैको एपको सूचीमा तपाईंले गुगल प्ले स्टोर समेत देख्नुहुनेछ ।

त्यसको डेटा समेत क्लियर गर्नुहोस् । यति गरेपछि तपाईंको प्ले स्टोर क्र्याश हुने समस्या हल हुनेछ । फेरी पनि क्र्याश हुने समस्या हटेन भने फोनलाई रिस्टार्ट गर्नुहोस् ।

बेलाबखत क्यामेरा बन्द हुने समस्या छ ?

एन्ड्रोइड स्मार्टफोनको क्यामेराले दिने हैरानीलाई तपाईं आफै समाधान गर्न सक्नुहुन्छ । त्यसका लागि सुरुमा आफ्नो फोनलाई सेफ मोडमा स्टार्ट गर्नुहोस् ।

फोनलाई सेफ मोडमा स्टार्ट गर्नका लागि पावर बटनलाई केही बेरसम्म दबाएर राख्नुहोस् । अब फोनले सेफ मोडमा स्टार्ट गर्ने विकल्प तपाईंलाई दिनेछ ।

कुनै कुनैमा तपाईंले सेफ मोडमा प्रवेश गर्न फरक तरिका अपनाउनु पर्ने हुनसक्छ । त्यसका लागि फोन अफ गरेर अन गर्नुहोस् र एन्ड्रोइडको लोगो देखा परेसँगै भाइब्रेट भएलगत्तै भोलुम डाउन बटन दबाएर राख्नुहोस् । एकछिनमा तपाईं सेफ मोडमा पुग्नुहुनेछ ।

सेफ मोडमा फोनको क्यामेरा प्रयोग गर्नुहोस् । यदि त्यसमा तपाईंको क्यामेराले सही किसिमले काम गरिरहेको छ भने बुझ्नुहोस् कुनै थर्ड पार्टी एपले तपाईंको क्यामेराको एक्सेस प्राप्त गरेको छ र त्यसले क्यामेरालाई हानी पुर्‍याइरहेको छ ।

यस्तो अवस्थामा इन्स्टल एपहरुलाई तत्कालका लागि अनइन्स्टल गर्नुहोस् । यति गरेपछि तपाईंको समस्या समाधान हुनेछ । यति गर्दा पनि भएन भने आफ्नो फोनको सेटिङमा जानुहोस् र त्यहाँ क्यामेरा एपलाई सेलेक्ट गर्नुहोस् अनि त्यसलाई डिसेबल गरिदिनुहोस् ।

साथै क्यास डेटालाई क्लियर गर्नुहोस् । एपलाई फोर्स स्टप गरेपछि फेरी अपडेट वा रिइन्स्टल गर्नुहोस् । यति गरेपछि तपाईंको समस्या समाधान हुनेछ । सेफ मोडबाट सामान्य मोडमा फोनलाई ल्याउनका लागि पावर बटन दबाएर रिबूट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०