close

रोबोटिक्स र एआईमा अन्तर्राष्ट्रिय स्तरका विज्ञसहितको वेबनार हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ २७, २०७७ २०:२८

रोबोटिक्स र एआईमा अन्तर्राष्ट्रिय स्तरका विज्ञसहितको वेबनार हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । रोबोटिक्स र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को भविष्यः उदाउँदो अर्थतन्त्र विषयमा वेबनार (अनलाइन सेमिनार) हुने भएको छ । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान), नामी र किङ्स कलेजको संयुक्त प्रयासमा आइतबार उक्त कार्यक्रम हुने भएको हो ।

आठौं विज्ञान दिवसको असरमा हुने यो कार्यक्रममा रोबोटिक्स र एआई क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ वक्ताहरु रहने आयोजकले जनाएको छ ।

वेबनारमा अर्डर अफ अस्टेलियाका सदस्य तथा आई युनिभर्सिटि जापानका प्रोफेसर एड्रिन डेभिड चेवक, वसेदा यनिभर्सिटीका गेस्ट रिसर्चर मासाकजु टीकेएस ताकासु र ब्याटलरोबोट्सका सीई‌‌ओ एडवार्ड रोस्की वक्ताको रुपमा सहभागी हुनेछन् ।

यसैगरी एटीएच जुरिचका पोस्ट डक्टरल रिसर्चर तथा नामीका अनुसन्धानकर्ता वैज्ञानिक दण्डपाणि पौडेले र फोर्डका तथा नामीका अनुसन्धान इन्जिनियर श्रेयश पौडेलको समेत कार्यक्रममा प्रस्तुती रहनेछ । वेबनारको सहजीकरण भने र्‍यानका अध्यक्ष विकास गुरुङले गर्नेछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट उदाउँदो अर्थतन्त्रमा रोबोटिक्स तथा एआईको भविष्य विषयमा विश्व दृष्ट्रिकोण प्रस्तुत गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो । साथै कोभिड १९ को रोकथामका लागि विज्ञान, प्रविधि र आविष्कारले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा समेत चर्चा हुनेछ ।

वेबनारले नेपाली रोबोटिक्स तथा एआई समुदायलाई कोभिड पश्चातको समयमा समेत प्रविधि र आविष्कारको सही उपयोगको विषयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली समयअनुसार आईतबार राती ८ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीताका लागि अग्रीम रजिसट्रेसन अनिवार्य गरिएको छ ।

यदि तपाईं पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फर्म भर्न सक्नुहुनेछ । रजिस्टर गरिसकेपश्चात सहभागीताका लागि लिङ्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०