काठमाडौं । करको विवरण भर्ने काम झन्झटिलो हुन्छ । झन्, कर कार्यालयको भिडभाडमा अर्को झन्झट हो ।
तर, अब भने बैंकबाटै कर तिरेर अनलाइनमार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिन्छ ।
अनलाइनबाट कर चुक्ताको प्रमाणपत्र लिन सुरुमा बैंक गएर कर दाखिला गर्नुपर्ने हुन्छ । बैंक जाँदा तपाईंसँग स्थायी लेखा नम्बर, काराेबार रकमको विवरण साथमा हुनुपर्छ ।
उक्त उल्लेखित विरण बैंक गएर बैंकका कर्मचारीलाई दिनुहोस् उनीहरुले आवश्यक काम गर्नेछन् । आफूले तिर्नुपर्ने राजश्व तिर्नुहोस् । राजश्व तिरेसँगै तपाईंले आन्तरिक राजस्व विभागको वेबसाइटमा अथावा यहाँ क्लिक गरी आवश्यक जानकारी भरी हेर्न सक्नु हुनेछ ।
तपाईंले कर तिरेको करचुक्ता प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । उक्त कर चुक्ता प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गरेर राख्न सकिने छ ।