close

वेब डेभलपर कसरी बन्ने ?

टेकपाना टेकपाना

असोज २, २०७७ १९:८

वेब डेभलपर कसरी बन्ने ?

आजको विश्वमा वेब डेभपलपमेन्ट एकदमै महत्वपूर्ण भएको छ । किनभने यो सबै किसिमका व्यवसायको लागि अत्यावश्यक छ । 

सानो व्यवसाय होस् वा ठूला कर्पोरेट व्यवसाय, सबैले आफ्नो सेवा र व्यवसायको बारेमा प्रचार गर्न बहुआयामिक माध्यमहरुको खोजी गरिरहेका हुन्छन् । जब व्यवसायको छिटो छरितो प्रवर्द्धनको कुरा आउँछ, तब वेबसाइट र वेब एप्लिकेसनकै तस्वीर सामुन्ने आउने गर्छ । 

बिजनेस डेटालाई चार्ट, बार र अक्षरका विभिन्न अर्थपूर्ण प्रस्तुतीमा ढाल्न सक्ने वेबसाइट नै महत्वपूर्ण माध्यम हुन् । यिनै कारण अहिले बजारमा वेबसाइट डेभलपरको माग निकै छ । 

वेब डेभलपरको करियर पनि एकदमै दीगो र राम्रो छ । स्थानीय बजारमा मात्र मात्र होइन, विश्व बजारमै अहिले डेभलपरको माग र स्कोप दुवै राम्रो छ ।

आज हामी यो आर्टिकलबाट तपाईलाई वेब डेभलपर मात्र होइन एउटा उत्पादनमुखी वेब डेभलपर कसरी बन्न सकिन्छ भन्ने कुरा सिकाउँदैछौं । 

वेब डेभलपर बन्न प्राविधिक पृष्ठभूमि आवश्यक छ ?

वास्तवमा भन्न पर्दा कम्प्युटिङ डिभाइससँग आजभोलि जो पनि परिचित छन् र कम्प्युटरबारे थोर बहुत भए पनि सबैलाई ज्ञान  छ । यसैगरी विभिन्न किसिमका एप र तिनको सेवाबारे पनि सबैलाई थाहा छ । 

उदाहरणको लागि फेसबुको सेवा सबैलाई थाहा छ । तर सबैले यसको भित्रि पाटो महसुस गरिरहेका भने हुँदैनन् । स्टाटस अपडेट, फोटो शेयरिङ, भिडियो शेयरिङ, बिजनेस, म्यासेन्जर, भिडियो कलिङ, भ्वाइस कलिङ यी सबै फेसबुकका सेवाहरु हुन् ।

युट्युव भिडियो

एउटा वेब डेभलपर बन्न व्यक्तिलाई कम्प्युटर साइन्सको ज्ञान धेरै नै सहयोगी बन्न सक्छ । तर कम्प्युटर साइन्सको ज्ञान नहुनेले वेब डेभलपरको रुपमा करियर सुरु गर्नै सक्दैनन् भन्ने चाहिँ नसोच्नुहोस् । तपाईंको पृष्ठभूमि प्राविधिक होइन भने पनि तपाईंले यसमा करियर सुरु गर्न सक्नुहुन्छ । 

डेभलपर बन्नु अघि जान्ने पर्ने कुरा 

वेब तथा सफ्टवेयर डेभलपमेन्टको काम सामान्यतया तीन भागमा बाडिँएको हुन्छ । ती हुन् फ्रन्ड ईण्ड, ब्याक ईण्ड र फूल स्ट्याक डेभलपर । 

यी मध्ये कुन भागमा रहेर काम गर्ने भनेर तपाईं आफैले निर्णय लिनुपर्ने हुन्छ । तर कतिपय मानिसहरुमा के गर्ने भन्ने  निर्णय लिन पर्याप्त ज्ञान हुँदैन ।

यसकारण आज डेभलपरभित्र पनि करियरलाई कतातिर किन लाने भनेर निर्णय गर्नसक्ने गरी हामी तपाईंलाई यी तिनै किसिमका डेभलपरका बारेमा बताउँदैछौं । 

यसलाई सजिलोसँग बुझ्न एउटा उदाहरण लिउँ । तपाईं अहिले टेकपानामा एउटा आर्टिकल पढ्दै हुनुहन्छ, जहाँ तपाईंले अन्य धेरै लिंक र जानकारीहरु पाउन सक्नुहुन्छ ।

त्यसबेला तपाईंले महसुस गर्नुहुन्छ कि यी आर्टिकल त मेरो कम्प्युटरमा स्टोर छैनन् र मैले लेखेको पनि होइन । तर पनि तपाई कुनै अर्को कम्प्युटर वा सर्भरमा भएको सामग्रीलाई भायनेटको इन्टरनेटबाट एक्सेस गरिरहनु भएको छ ।

ती सामग्रीहरु जुन तपाईंले गुगल क्रोम, मोजिल्ला फायरफक्स, इन्टरनेट एक्सप्लोरर जस्ता ब्राउजरहरुबाट हेर्नसक्नुहुन्छ । त्यही फ्रन्ट ईण्ड पार्ट हो ।

तर यदि तपाईंले याद गर्नु भएको छ भने तपाईंको रिक्वेस्ट पुरा हुन केही प्रक्रियाको आवश्यकता पर्दछ । जस्तै तपाईंले कुनै लिङ्कमा क्लिक गर्नु भयो भने त्यो लिङ्कभित्रको सामग्री खुल्छ ।

यसो गर्नका लागि रिमोट अर्थात् टाढा रहेको कम्प्युटरका लागि केही प्रोग्रामिङ ल्याङग्वेजको आवश्यकता पर्दछ । त्यो रिमोट कम्प्युटरमा डेटाबेस सर्भरको कुनै किसिमको स्वरुप हुन्छ, यसै भागलाई ब्याक ईण्ड भनिन्छ ।

छोटकरीमा भन्नुपर्दा फ्रन्ट ईण्ड डेभलपर बन्नका लागि तपाईंलाई एचटीएमएल, सीएसएस र जाभा स्क्रिप्टको ज्ञानको खाँचो पर्दछ । यसैगरी ब्याकईण्ड डेभलपर बन्नका लागि तपाईंलाई ब्याक ईण्ड प्रोग्रामिङ कन्सेप्ट जस्तै पीएचपी, जाभा, पाइथन, डीबी टु आदी) को ज्ञान हुनुपर्छ । 

यदि तपाईंले फ्रन्ट ईण्ड र ब्याक ईण्ड डेभलपरको विषय बुझिसक्नु भएको छ भने कुनै एउटालाई चयन गर्नुहोस् ।

यदि तपाईंको डिजाइनिङ राम्रो छ, रंगहरुको विषयमा तपाईंसँग राम्रो ज्ञान छ र डिस्प्ले कन्टेन्टतिर तपाईंको रुची छ, पिक्सेलको बारेमा विस्तृत थाहा छ, कन्टेन्टलाई ब्राउजरसँग मेस अप हुन नदिने हो भने तपाईंले फ्रन्ट ईण्ड चयन गर्दा उपयुक्त हुन्छ ।

यसैगरी यदि तपाईंलाई रंगको समायोजन बारे राम्रो ज्ञान छैन र चिजहरुलाई सही अर्डरमा कसरी राख्ने भन्ने ज्ञान छैन, तर तार्किक दिमाग छ भने तपाईंले ब्याक ईण्ड चयन गर्न सक्नुहुन्छ ।

तर यदि तपाईं डिजाइनिङ र गणित दुवैमा राम्रो हुनुहुन्छ भने तपाईंले फूल स्ट्याक करियर चयन गर्न सक्नुहुन्छ । 

आफ्नो क्षमतामा प्रस्ट हुनुहुन्न ?

तपाईं चाहे फ्रन्ट ईण्ड होस् वा ब्याक ईण्ड वा फुल स्ट्याक करियर जुनसुकै चयन गर्नुहोस्, तर तपाईंलाई फ्रन्ट ईण्डको थोरै भए पनि ज्ञान हुन जरुरी हुन्छ ।

यसकारण आफ्नो करियर क्षेत्रको बारेमा थोरै पनि ज्ञान नहुनेहरु एचटीएमएल, सीएसएस, जेएस जस्ता फ्रन्ट ईण्ड पार्टको बारेमा सिकेर बिस्तारै ब्याक ईण्ड वा फ्रन्ट ईण्डमा जान सक्छन् । यसरी डेभलपरले एकदिन आफ्नो सही बाटो समाउन सक्नेछन् ।

तपाईंले आफ्नो करियर सुरु गर्नु अघि एचटीएमएल, सीएसएस र जेएस जस्ता बेसिक बिल्डिङ ब्लकको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । 

आगामी आर्टिकलमा हामी फ्रन्ट ईण्डबारे आधारभूत जानकारी, आवश्यक टूल, आवश्यक कम्प्युटर क्षमता बारेको सामग्री ल्याएर आउने छौं । टेकपानामा अपडेट रहँदै गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०