काठमाडौं । एप्ललले कर तिर्नु नपर्ने भनी अदालतले गरेको निर्णय विरुद्ध युरोपियन युनियनले अपिल गर्ने भएको छ । इयूको जनरल अदालतले गत जुलाईमा एप्पलले आयरल्यान्डलाई १३ अर्ब यूरो तिर्नु नपर्ने भनी निर्णय गरेको थियो ।
यसअघि आयरल्यान्डमा एप्पलले त्यहाँको करको नियम उल्लघन गरेको भन्दै मुद्धा परेको थियो । तर, उक्त मुद्धामा अदालतले एप्पलद्धारा करको नियम तोडेको कुनै प्रमाण नभएको भन्दै कर तिर्नु नपर्ने फैसला सुनाएको थियो । तर, इयूले भने उक्त निर्णय विरुद्ध अपिल गर्ने भएको छ ।
यस विषयमा आयरल्याण्डले भने कुनै किसिमको कुरा उठाएको छैन । आयरल्याण्डले कुनै विवाद नगरेपनि इयूले भने एप्पल करबाट पन्छिन चाहेको भन्दै यो विषयलाई त्यसै छाडन् नहुने बताएको छ । यो निर्णयले एप्पलललाई ईयूको राजस्व नतिर्नका लागि सहज भएको धारण ईयूको छ ।
इयूका कार्यकारी उपाध्यक्ष मार्ग्रेथ भेस्टगरले एक विज्ञप्तिमा भनिन्, ‘करको सही रकम तिर्नु सबैभन्दा प्राथामिकताको विषय हो । सदस्य देशहरूले केहि बहुराष्ट्रिय कम्पनीहरूलाई करको सुविधा दिने र प्रतिस्पर्धी कम्पनीलाई त्यही सुविधा नदिने गरेको छन् ।
यसले युरोपियन युनियनमा निष्पक्ष प्रतिस्पर्धाको उलंघन हुनेछ । त्यसैले ईयू नयाँ अपिलका साथ अब उच्च अदालत, युरोपेली न्याय अदालत जानेछ ।’
यो विषयमा आरयल्याण्डले भने एप्पलले कुनै पनि कानूनी दायर नमिचेको भनी दावी गर्दै आएको छ । – बीबीसी